१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नेपाल जेसिसको अध्यक्षमा श्रेष्ठ निर्वाचित

बनेपा — नेपाल जेसिसको ४१औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा म्याग्दी जेसिसका पूर्वअध्यक्ष धनञ्जयकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।


उनले पोखरा जेसिसका रवीन्द्र गुरुङलाई हराउँदै उहाँ जेसिसको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले ९९३ र गुरुङले ५७६ मत ल्याए । मतदानमा देशभरका १३८ शाखाबाट एक हजार ६६५ मत खसेको थियो ।
यसैगरी कार्यकारी उपाध्यक्षमा रीता न्यौपाने, मनिष रमण शाह, अञ्जनीकुमार पराजुली र प्रकाशप्रसाद अधिकारी विजयी भएका छन् । १२ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा भेषजा काफ्ले, दीपेन्द्र केसी, आनन्द अधिकारी, दिलबहादुर अर्याल (राजु), कमला पोखरेल (मञ्जु), कुमुदा वैद्य (श्रेष्ठ), पारस शर्मा रिमाल, अनिलबहादुर शाही, श्रीजित श्रेष्ठ, श्रद्धा सिलवाल, सुवासकुमार भट्टराई र बद्री सापकोटा विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कानुनी सल्लाहकारमा विश्वम्भर बुढाथोकी, महासचिवमा जगतबहादुर पोखरेल र कोषाध्यक्षमा बिष्णु लम्साललाई मनोनीत गरेका छन् । रासस
 

प्रकाशित : पुस १४, २०७१ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?