उत्तर र दक्षिण रहने गरी प्रदेश बनाऊः चुरेभावर

काठमाडौं — चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले राज्यपुनर्संरचना गर्दा राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, जातीय सद्भावलाई अक्षुण राखेर गर्नुपर्ने माग गरेको छ ।

उत्तर र दक्षिण रहने गरी प्रदेश बनाऊः चुरेभावर

प्रदेशको संख्या प्रस्ताव गर्दै चुरेभावर पार्टीले भनेको छ, ‘राज्यपुनर्संरचनाले मुलुकलाई विभाजन होइन की एकतावद्ध गर्नसक्नुपर्छ ।’
राष्ट्रिय एकतालाई ध्यानमा राखेर चुरेभावर पार्टीले मुलुकमा ‘छ प्रदेश’को अवधारणा आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरिसकेको उल्लेख गरेको छ ।
उसले सबै संघीय राज्य उत्तरदक्षिण हुनुपर्ने जनाएको छ । कोसी नदीपूर्व–बराह क्षेत्र प्रदेश, कमला नदीपूर्व – हलेसी प्रदेश, कमला नदी पश्चिम–जानकी प्रदेश, नारायणी नदीपारि–लुम्बिनी प्रदेश, कर्णली नदीपारि खप्तड प्रदेश तथा काठमाडौं उपत्यकालाई बागमती वा केन्द्र शासित प्रदेश बनाइनुपर्ने उल्लेख गरेको छ ।
धर्मका सम्बन्धमा मुलुकलाई धर्म निरपेक्षता वा सापेक्षता अर्थात ‘नेपाल हिन्दू राज्य रहने’ वा ‘नरहने’मा जनमतसंग्रहबाट टुङ्ग्याउनुपर्ने चुरेभावरले जनाएको छ ।
शासकीय स्वरुपमा नेपालको कार्यकारिणी अधिकार संसदबाट निर्वाचित प्रधानमन्त्रीमा निहीत रहने र संसदबाट नै निर्वाचित सेरिमोनियल राष्ट्रपति रहने आफूहरूको अवधारणा रहेको अध्यक्ष बद्रिप्रसाद न्यौपानले जानकारी दिए ।
निर्वाचन प्रणालीमा स्थानीय तह, प्रादेशिक तह र केन्द्रीय तहमा गरिने सम्पूर्ण निर्वाचन प्रणाली मिश्रित निर्वाचन प्रणाली हुनुपर्ने चुरेभावरको अवधारणा रहेको छ ।

प्रकाशित : पुस १४, २०७१ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?