कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'वीरलाई प्रष्ठिानबाट अलग गर'

छुट्टै केन्द्रीय शिक्षण अस्पताल बनाउन सिफारिस

काठमाडौ — व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या उपसमितिले वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अलग गर्न सुझाब दिएको छ ।


शिक्षण संस्था भएकाले प्रतिष्ठानले आफ्नो छुट्टै अस्पताल बनाउनुपर्ने र वीर सरकारको छुट्टै केन्द्रीय अस्पताल हुनुपर्ने उपसमितिको निष्कर्ष छ ।
विगतमा वीर अस्पताललाई सरकारको केन्द्रीय र रिफरल अस्पतालका रूपमा मान्दै आएकोमा ०५९ मा अध्यादेशबाट स्वायत्त बनाइएको थियो । ०६३ मा
संसद्बाट ऐन पारित गरी प्रतिष्ठान बनाइयो र वीरलाई त्यस मातहतमा राखियो । प्रतिष्ठानको आफ्नो अस्पताल नभएसम्म वीरबाटै अध्ययन/अध्यापन गराउने निर्णय भएको थियो ।
'तर, यतिका समयसम्म पनि प्रतिष्ठानले छुट्टै अस्पताल नबनाएकाले त्यस्तो सुझाब दिएको हो,' उपसमितिका संयोजक डा. चन्द्रमोहन यादवले भने, 'हामीले पटक-पटक वीर अस्पताल, प्रतिष्ठानलगायत अन्य अस्पतालका पदाधिकारीबीच छलफल गरेर मात्रै यो सुझाब दिएका हौं ।'
उपसमितिले केही दिनअघि मूल समितिलाई बुझाएको प्रतिवेदनमा तीन वर्षभित्र प्रतिष्ठानले केन्द्रीय शिक्षण्ा अस्पतालका रूपमा छुट्टै अस्पताल निर्माण्ा गर्न र वीरलाई सुधार र विस्तारसहित केन्द्रीय अस्पतालका रूपमा व्यवस्थित गर्न सुझाब
दिएको छ ।
विद्यार्थीको पठनपाठनका लागि प्रतिष्ठानका विभिन्न ठाउँमा आंगिक अस्पताल भएकाले एकै ठाउँमा ल्याएर अध्ययन अध्यापन गराउन छुट्टै अस्पतालको सिफारिस गरिएको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा, 'प्रतिष्ठानको केन्द्रीय शिक्षण अस्पतालका रूपमा रहेको वीरमा सरकारी सेवामा रहेका र केन्द्रीय अस्पतालमा दरबन्दी भएका सबै चिकित्सक शिक्षणका लागि योग्य नहुन सक्छन् । तर, अस्पताल प्रशासन र प्रतिष्ठान पदाधिकारीले शिक्षक र गैरशिक्षकबीचको विभेद हल गर्नुपर्ने देखिन्छ ।'


 

प्रकाशित : पुस १६, २०७१ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?