कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

केयूमा कल्याण कोषको रकम फिर्ता गर्न विद्यार्थी संगठनको माग

काठमाडौं — काठमाडौं विश्वविद्यालयको विद्यार्थी कल्याण निर्देशनालयको रकम हिनामिना भएको भन्दै विद्यार्थी संगठनहरुले छानबिनको माग गरेका छन् ।


उनीहरुले  विद्यार्थी कल्याण परिषद्को चुनाव नभएको फाइदा उठाउँदै विद्यार्थी अतिरिक्त क्रियाकलापको रकम मनपरी भएको भन्दै आपत्ति जनाएका छन् । चार बुँदे माग राख्दै विद्यार्थीहरुले विद्यार्थी कल्याण निर्देशानालयको कार्यालयमा तालाबन्दीसमेत गरेका अनेरास्ववियु विश्वविद्यालय अध्यक्ष पुजन गौतमले जानकारी दिए । माग पूरा नभए थप आन्दोलन चर्काउने विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।
अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले कोषको रकमबारे छानबिन गर्न विद्यार्थी संगठनसमेत सम्मिलित समिति बनाउन, कोषको रकम फिर्ता गर्न, विद्यार्थी कल्याण परिषद् गठन नभएसम्म विद्यार्थी कल्याण निर्देशानालयलाई आर्थिक गतिविधिबाट अलग गर्न र विद्यार्थी कल्याण परिषद् सञ्चालन कार्यविधि (तेस्रो संशोधन) निर्देशिकाले  दिएको कार्यक्षेत्र भन्दाबाहिर जान नपाउने व्यवस्था गर्न माग गरेको छ ।


प्रकाशित : पुस १६, २०७१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?