१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'मृगौला समस्या रोक्न खानपानमा ध्यान दियौं'

कान्तिपुर संवाददाता

काठमाडौ — विश्व मृगौला दिवसको अवसरमा नेपाल किड्नी फाउण्डेशनले राजधानीमा र्‍याली र सभा आयोजना गर्‍र्यो । त्यस क्रममा विज्ञहरुले किड्नीको उपचार महंगो भएकाले नेपालका सन्दर्भमा त्यसबाट बच्न खानपानमै विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

'मृगौला समस्या रोक्न खानपानमा ध्यान दियौं'

फाउण्डेशनका प्रमुख सल्लाहकार समेत रहेका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्र्रेतीले जबसम्म शरीरका ३ खम्वा मुटु, मृगौला र मस्तिष्क रहेकाले यी अंगलाई स्वस्थ राख्नु नै सम्पत्ति रहेको बताए ।
शुक्रबार भएको र्‍याली भृकुटीमण्डप देखि बसन्तपुर दरवार सम्म पुगेर कोण सभामा परिणत भएको थियो । फाउण्डेशनका संस्थापक अध्यक्ष तथा किड्नी विशेषज्ञ डा. शक्ति बस्नेतले आम नेपालीले किड्नी को समस्या कम गर्न खानपानमा विशष ध्यान दिन आग्रह गरे । महंगो उपचार पद्धति रहेको उल्लेख गर्दै उनले जिल्लास्थित अस्पतालहरुमा प्रारम्भिक तरीकाले परिक्षण गर्न सकिने जानकारी दिए ।  'नेपालीलाई किडनी सम्वन्धी जनचेतनाको आवश्यक छ । सम्पूर्ण नेपालीको किड्नी स्वस्थ राख्न सरकार तथा सरोकावाला निकायले विशेष ध्यान दिन जरुरी छ', डा.बस्नेतले फाउण्डेशनले जनचेतनामुलक कार्यक्रमका साथसाथै उपचरात्मक कार्यक्रम समेत अगाडी बढाउदै लैजाने समेत बताए ।
 
 

प्रकाशित : फाल्गुन २९, २०७१ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?