कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हतियारसहित पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — भारतबाट हतियारसहित नेपाल प्रवेश गरेका एक युवालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाम्हीमडै २ का २५ वर्षीय छोटु भन्ने रामअनेक झा छन् ।


प्रहरी उपरीक्षक शौरभ राणाका अनुसार जलेश्वरबाट पश्चिमतर्फ जाने बखडी सडकमा बुधवार अपरान्ह स्थानीय प्रहरी र हेटौडास्थित मध्य क्षेत्रीय प्रहरी कार्यालयबाट आएको विशेष टोलीले झालाई पक्राउ गरेको हो । साइकलबाट जाँदै गरेका उनलाई चेक जाँच गर्दा पेस्तोल फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
झाको साथबाट 'अटो पिस्टन' लेखिएको 'नाइन एमएम' को पेस्ताोल थान १ , त्यस्मा लाग्ने गोली २ र म्याग्जिन १ थान बरामद भएकेा छ । प्रहरीले उनका साथबाट सय-सय ग्रामका २ पोका गाँजासमेत बरामद गरेको जनाएकेा छ ।
पक्राउ परेका झाले हथियार भारतको कुन स्थानबाट के प्रयोजनको लागि ल्याएकेा खुल्न सकेको छैन । यस सम्वन्धमा आवश्यक अनुसन्धान भईरहेकेा जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाले जनाएकेा छ ।

प्रकाशित : श्रावण १३, २०७२ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?