कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'गढीमाईमा बलि नदिइने निर्णय छैन्'

लक्ष्मी साह

बारा — हरेक पाँच बर्षमा बरियारपुरमा लाग्दै आएको मेलामा 'बलि नदिइने' निर्णय नभएको गढीमाई मेला व्यवस्थापन समितिका पदाधिकारीहरुले बताएका छन् । गढीमाईमा 'बलि नदिइने' विषयको समाचार केही अन्तर्राष्ट्रिय समाचार माध्यमबाट सार्वजनिक भएपछि समितिका पदाधिकारीहरुले त्यसलाई खण्डन गरेका छन् ।


पशु कल्याण सञ्जाल नेपाल (एडब्लुएनएन) को समन्वय र आग्रहमा भारतको राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा भाग लिन गत शनिवार समितिका सचिव मोतिलाल कुसवाहा र गढीमाईको मुल पुजारी मंगल चौधरी पुगेपछि 'बलि नदिइने' सार्वजनिक भएपछि उनीहरुले यस्तो स्पष्ट पारेका हुन् ।
'सुरुदेखि नै बलि दिने विषयमा घोषणा गरेका छौं, न त रोक्ने घोषणा गरेका छौं,' मेला व्यवस्थापन समिति (गढीमाई ट्रष्ट) का अध्यक्ष रामचन्द्र साहले बुधवार कान्तिपुरसित भने, 'बलि नदिइने संस्थागत निर्णय पनि छैन् । र कसैले गढीमाईको आस्थाप्रति जबर्जस्ती पनि गर्नु हुन्न् । बलि दिन आएपछि बलिको हामीले व्यवस्थापन मात्र गरेका छौं ।' बलि दिने/नदिने आस्था राख्नेप्रति भर पर्ने उनको भनाइ छ ।
उनी भन्छन् 'जहाँसम्म मेला लाग्ने बर्षको माघे संक्रान्ति र फागु पुणिर्मामा बलि दिइने चलन छ, त्यो हामीले गढीमाई मन्दिर परिसर भित्र नदिइ पुजारीको घरमा बलि दिन गत माघमा निर्णय गरेका छौं । बलि रोकेका छैनौं ।' हरेक पाँच बर्षको मंसिरमा लाग्ने मेलामा भने बलि गढीमाई मन्दिर क्षेत्रमै दिइदै आइएको छ । 'दिल्लीको कार्यक्रममा आफु सहभागी हुन नसक्ने भएपछि निमन्त्रणालाई सम्मान गरी पत्र पठाएका हौं,' उनले भने, 'आयोजक संस्थासित भावनात्मक सम्बन्ध रहिरहोस् भन्ने उदेश्यले आफुले पत्र लखेकोले यसलाई आफ्नो अनुकुलमा नअथ्र्ययाउन आग्रह गर्दछौं ।'
समितिका अध्यक्ष साह दिल्ली कार्यक्रममा जान नसक्दा उनले आयोजक संस्थालाई जानकारी दिन पत्रमा 'एडब्लुएनएनसित हाम्रो पुर्वत मित्रवत् सम्बन्ध रहने छ' लेखेका छन् । यो संस्था २०७१ को मेलामा बलि रोक्न प्रयास गर्दै आएको थियो । 'त्यति बेला बलि रोक्न भारतीय फोनबाट धम्कीसमेत आएको थियो,' अध्यक्ष साहले भने, 'फोन धम्की आउनु, आफु अनुकुल पत्र लेख्न लगाएर सार्वजनिक गर्नु र देश बाहिरको कार्यक्रममा बाहिर लान निमन्त्रणासँगै प्रतिनिधि लिएर जानु रहस्यमय लागेको छ ।' दिल्लीमा पुगेका समितिका सचिव कुसवाहा र मुल पूजारी चौधरी फर्केका छैनन् ।

प्रकाशित : श्रावण १३, २०७२ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?