कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चेक साट्न २ दिन

हेटौंडा — मकवानपुर काँकडाका भूकम्पपीडित १५ हजारको चेक साट्न सदरमुकाममा २ दिन बस्नुपर्ने भएको छ । काँकडा ८ का मिलन चेपाङ सरकारले दिएको चेक साट्न हेटौंडामै एक दिन बस्न पर्‍यो ।


यातायात र खाने खर्चसहित २ हजार ७ सय सदरमुकाममै सकिएको उनले बताए । सोमलाल चेपाङको पनि चेक साट्न आउँदा ३ हजार खर्च भयो । काँकडाका सचिवले भूकम्पबाट घर पूर्ण क्षति भएकालाई शुक्रबार नेपाल बैंकको चेक प्रदान गरेका थिए । गाउँका बासिन्दा चेक बोकेर साट्न सदरमुकाम आएका छन् । गाविसका २ सयभन्दा बढी पीडित अहिले दिनहुँ नेपाल बैंकमा लाइन लाग्न पुगेका छन् । उनीहरू घरबाट हिँडेको भोलिपल्टमात्रै हेटौंडा आइपुग्ने मिलनले बताए । चेक साटेर घर पुग्न कम्तीमा पनि ३ दिन लाग्छ । यस क्रममा उनीहरू एक व्यक्तिको साढे २ देखि ३ हजारसम्म खर्च हुने गर्छ ।
पछिल्लो समय सरकारले गाविसमार्फत चेक दिन थालेको छ । दुर्गम गाविसका पीडितलाई बैंकको चेक दिने अव्यावहारिक नीतिले सर्वसाधारणलाई कठिनाइ भएको हो । असुरक्षाका कारण सचिवले बैंकबाट पैसा बोकेर गाउँ जान मानेका छैनन् । बैंकका शाखा/उपशाखा गाविसमा नभएकाले समस्या भएको स्थानीय विकास अधिकारी भोजराज खतिवडाले बताए । काँकडा, खैराङ, भार्ता, डाँडाखर्क, गोगनेका पीडित अहिले बैंकको लाइनमा छन् ।

प्रकाशित : श्रावण २६, २०७२ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?