नेपालगन्जमा निषेधाज्ञा जारी

शान्तिका लागि आन्दोलनकारीको प्रतिबद्वता
केही नेता पक्राउ
ठाकुरसिंह थारु

बाँके — नेपालगन्जमा आइतबार बेलुकीदेखि जारी निषेधाज्ञा हटाउनका लागि आन्दोलन शान्तिपूर्णरुपमा गर्ने सहमति भएको छ । सोमबार दिउँसो आन्दोलनरत पक्ष, प्रमुुख दलका जिल्ला नेता र अधिकारकर्मीहरुको संयुक्त बैठकपछि नेपालगन्जको शान्ति र सदभाव कायम राख्न सहमति भएको हो ।

नेपालगन्जमा निषेधाज्ञा जारी


मधेसी दलहरुको संयुक्त मोर्चाका नेताहरुले आन्दोलनरत पक्षले शान्ति भड्काउने खालका गतिबिधि नगर्ने प्रतिबद्वता जनाएका हुन । त्यसैगरी नेपालगन्जलाई प्रदेशिक राजधानी बनाउनका लागि सबै दल र पक्षले पहल गर्ने सहमति भएको इन्सेक नेपालगन्जका क्षेत्रीय संयोजक भोला महतले बताए ।
त्यस्तै, निषेधाज्ञा तोडेको आरोपमा स्थानीय प्रशासनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सदस्य ललित रौनियार, रामकुमार दिक्षितलगायत केहीलाई पक्राउ गरेको छ ।
निषेधाज्ञापछि नेपालगन्ज शान्त देखिएको छ । बजार बन्द छन् । स्थानीय प्रशासनले सर्वसाधारणलाई एकठाउँमा भेला हुन रोक लगाएको छ । बजारभरी सुरक्षाकर्मी तैनाथ छन् ।

प्रकाशित : भाद्र ७, २०७२ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?