२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

टिकापुरको झडपमा एसएसपी सहित ७ सुरक्षाकर्मी र १ बालकको मृत्यु

साँझबाट सेना परिचालन
कसरी भयो घटना

धनगढी/टीकापुर — कैलाली र कञ्चनपुर सहितको बेग्लै थरुहट/थारुवान प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका कैलालीका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच सोमवार दिउँसो झडप हुदा प्रहरी बरिष्ठ उपरिक्षक सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको छ ।

टिकापुरको झडपमा एसएसपी सहित ७ सुरक्षाकर्मी र १ बालकको मृत्यु

प्रदर्शनकारीले बरिष्ठ प्रहरी उपरिक्षक सहितको टोलीलाइ खुकुरी, भाला र बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरि हत्या गरेका हुन ।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिका २  मनुवा गाउ नजिकै दिउसो अढाइ बजे तिर भएको घटनामा परि मृत्यु हुने  हुनेहरुमा सेती अंचल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरिक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका तथा प्रहरी जवान लोकेन्द्र चन्द रहेकाछन । यसैगरी  सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरीको पनि घटनामा मृत्यु भएको सुक्षास्रोतले पुष्टि गरेकोछ । मृत्यु हुनेमा एक जना सशस्त्र प्रहरी हवल्दारका २ वषिर्य बालक टेकबहादुर साउद समेत रहेका छन ।
आन्दोलनकारीका तर्फ भएको हताहत र क्षतिका विवरण प्राप्त हुन सकेको छैन । घटनामा मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न  सक्ने अनुमान गरिएकोछ । तर यस्को सरकारी र आन्दोलनरत पक्षबाट भने पुष्टि हुन सकेको छैन । भिडन्तमा सुरक्षाकर्मी सहित दर्जनौ घाइते भएकाछन ।
'सोमवार दिउसो अढाइ बजे थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुदा ७ सुरक्षाकर्मी र १ बालक समेत ८ जनाको मृत्यु भएकोछ' घटना बारे जानकारी दिदै कैलालीका प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठले भने, 'आन्दोलनकारीहरुले निषेधाज्ञा उल्लंघन गरि टीकापुर तर्फ प्रवेश गरिरहेको अवस्था झडप भएको हो ।'
 सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी राम कुमार खनालले पनि उक्त घटनामा एसएसपी  न्यौपाने सहित प्रहरी तर्फ ५ जनाको ज्यान गएको पुष्टि गरेका छन । उनका अनुसार प्रहरी तर्फ २१ जना घाइते छन जसमध्ये २ जनाको अवस्था गम्भिर रहेकोछ । प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले घाईतेहरुलाई उपचारका लागि हेलिकप्टरमा काठमाण्डौं पठाईने तयारी भईरहेको  बताए । उनले भने 'हेलिकप्टरको प्रतिक्षा गरिएको छ ।अहिले  घाईतेहरुलाई टिकापुर अस्पतालमा भर्ना गरिएको छ । ' टीकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले अधिकांश घाइते प्रहरी गुलेली र भाला प्रयोगबाट घाइते भएका बताए । टीकापुर अस्पतालमा ४६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ७ जनाको अवस्था गम्भीर भएकोले उनीहरुलाई थप उपचारका लागि रिफर गरिएको टीकापुर अस्पतालका डा नरेन्द्रकुमार खनालले बताए ।
सेना परिचालन
मन्त्री परिषदको निर्णय पछि  टिकापुर क्षेत्रमा नेपाली सेना परिचालन भएको  प्रमुख जिल्ला अधिकारी रामकुमार श्रेष्ठले बताए । उनका अनुसार अहिले उक्त क्षेत्रमा कर्फयु लगाईएको छ ।  स्थिति तनाव पुर्णनै भएपनि प्रर्दशनकारी भने अपरान्हृ ५ बजेपछि पछि हटेका छन । उनीहरु  तितिरबितिर भएका छन ।  
टिकापुर क्षेत्रमा  नेपाल प्हरी र सशस्त्रको समेत थप सुरक्षाकर्मि परिचालित भएको छ ।   'दंगाग्रस्त क्षेत्र सुरक्षाकर्मिको नियन्त्रणमा छ,'  उनले भने ,'  घटना हुन पुर्व पनि प्रयाप्त सुरक्षा ब्यवस्था अपनाउदा पनि आकंलन गरिएको भन्दा बढी मासले सुरक्षाकर्मि माथि आक्रमण भयो । ' उनका अनुसार बरिष्ठ प्रहरी उपरिक्षक न्यौपाने तिन दिन देखी टिकापुर क्षेत्रमैं शान्ति सुरक्षामा खटिएका थिए ।'
प्रजिअ श्रेष्ठले आन्दोलनकारीहरु घरेलु हतियार सहित हजारौको संख्यामा टीकापुर प्रवेश गरि त्यहाका सरकारी कार्यालय माथि आक्रमण गर्ने जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थल पुगेको थियो । उनका अनुसार टीकापुरमा दिउसै देखि थप सुरक्षाबल परिचालन गरिएकोछ । 'साझ ७ बजे देखि नेपाली सेना समेत परिचालन भइ सकेकोछ' प्रजिअ श्रेष्ठले भने ।
चार दिनदेखि लगातार लगाउदै प्रशासनले लगाउदै आएको कर्फयु र निषेधित क्षेत्र तोड्ने योजनासहित प्रहदर्शनकारीहरु टीकापुरको तीनतिरबाट आउदै थिए । प्रदर्शनकारी र प्रहरीविच टीकापुरको पशु हाट बजार र दुर्गौलीको दुर्गौली बजारमा भिडन्त भएको हो । टीकापुरको उत्तरतर्फबाट आइरहेको प्रदर्शनकारीको भीडलाई भने प्रहरीले शिव मन्दिर नजिकबाट लखेटेको जनाइएको छ । हजारौको संख्यामा प्रदर्शनकारीहरु आएका प्रत्यक्षदर्शीले जनाए ।
जिल्ला प्रशासन कार्यालय टीकापुरले विहान ११ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको  थियो । प्रशासनले लगाएको निषेधाज्ञा तोड्ने योजना अनुसार उनीहरु विभिन्न घरेलु हात हतियारसहित आएका थिए । विशेषगरी प्रदर्शनकारीले टाढैबाट हान्न गुलेलीको प्रयोग गरेका छन् ।  
'आन्दोलनकारीहरु हजारौको संख्यामा ३/४ वटा नाका बाट टीकापुर प्रवेश गर्ने तयारीमा थिए' प्रजिअ श्रेष्ठले भने, 'घटना भएको मनुवा गाउ नजिकको नाकामा भने ३/४ हजारको संख्यामा प्रदर्शनकारी टीकापुर तर्फ बढिरहेका थिए ।'
थरुहट पक्ष र अखण्ड सुदुर पश्चिम पक्षधरविच शुक्रबार दुर्गौलीको तोरैयापुरमा झडप भएपछि तनाव सिर्जना भएको हो । तनावका कारण टीकापुरमा रहेका थारु कल्याणकारिणी सभाको कार्यालयसहित थारु जातिका स साना पसलमा तोडफोड भएको थियो । धनगढीमा साउन २८ गते थरुहट भेलामा अखण्ड सुदुर पश्चिम पक्षधरले अवरोध गरेका भन्दै शुक्रबार भएको अखण्ड सुदुर पश्चिम पक्षधरको र्यालीमा अवरोध गरेका थिए । त्यसैको प्रतिशोधका कारण तोरैयापुरमा झडप भएको थियो ।   थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिज्ञप्ती जारी गरी शान्तिपूर्ण आन्दोलनमा दमन भएको बताएका छन् । समिति शान्तिपूर्ण आन्दोलनमा दमन गरेपछि हिंसात्मक घटना भएको दावी गरेको छ ।                    

.................................

 

[टीकापुर अपडेट]

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले टीकापुर घटनामा मारिएका ८ जनाको सनाखत भएको बताएका छन् । यसअघि २० जनाको मृत्यु भएको बताएका प्रअिज श्रेष्ठले आफ्नो विवरण सच्याएका छन् । ‘८ जनाको सनाखत भइसक्यो, बाँकीको विषयमा बुझ्ने क्रम जारी छ, संख्या यकिन भन्न सकिएन,’ उनले भने ।

५ नेपाल प्रहरी, २ सशस्त्र प्रहरी र १ जना बच्चाको सनाखत भएको उनले बताए । नेपाल प्रहरीको सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपाने तथा इन्सपेक्टरद्वय केशव बोहरा र बलराम बिष्ट छन् ।
सशस्त्र प्रहरीका डिएसपी अजय छत्कुलीका अनुसार सशस्त्रका दुई हवल्दार रामविहारी थारु र ललित साहुको मृत्यु भएको छ ।

प्रदर्शनकारीतर्फ भने हताहत भए नभएको यकिन नभएको प्रजिअ श्रेष्ठले बताए । टिकापुर अस्पतालमा ५ गम्भीरसहित ४० घाइतेको उपचार भइरहेको पनि उनले बताए ।

‍‍‍‍‍‍‍‍..............................

[टीकापुर अपडेट]

कैलालीकाे टीकापुरमा भएको भिडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्याैपानेसहित २० जनाको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार सशस्त्र प्रहरीका ११, नेपाल प्रहरीका ६ र आन्दोलनकारी तर्फ ३ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका डिएसपी अजय छत्कुलीका अनुसार भने अहिलेसम्म सशस्त्र प्रहरी हवल्दार रामविहारी थारु र ललित साहुको मात्रै मृत्यु पुष्टि भएको छ । उनले सशस्त्र प्रहरीतर्फ हताहती यकिन नभएको बताए । ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र इन्सपेक्टरहरु केशव बाेहरा र बलराम बिष्ट छन् । उनीहरुलाई भालालगायतका हतियारले प्रहार गरिएको बताइएको छ ।

नेपाल प्रहरीका सुदूर पश्चिम डिआइजी रामकुमार खनालले करिब १:४५ तिर प्रदर्शनकारीहरु निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि घटना भएको बताउँदै घाइतेको उद्दारमा व्यस्त भएकाले हताहतीको संख्या यकिन नभएको बताए ।

यसैबीच, सोमबार साँझ गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी ६ जना नेपाल प्रहरी २ जना सशस्त्र  प्रहरीको मृत्यु भएको बताएको छ । 

नेपाल प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले स्थिति अत्यन्तै तनावग्रस्त भएको र नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८-१० जना सम्पर्कमा नआएको बताए ।

...................

कैलालीको टीकापुरमा थरुहट पक्षधर र प्रहरीबीच भएको भिडन्तमा प्रहरी एसएसपीसहित ६ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका डिअाइजी हेमन्त पालका अनुसार सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने र दुईजना इन्सपेक्टर केशव बाेहरा र बलराम बिष्टसहित एक हवल्दार एक सिपाहीको मृत्यु भएको छ । एक हवल्दार सहित सशस्त्र प्रहरीका ३ पनि मृत्यु भएको छ । यस्तै प्रदर्शनकारी तर्फ पनि ठूलो हताहात भएकाे छ ।

प्रशासनले जारी गरेको निशेधित क्षेत्र तोडेर सभा गर्न खोजेका थरुहट कार्यकर्ता र प्रहरीबीच भीडन्त भएको थियो । भीडन्त टिकापुर र दुर्गाैली क्षेत्रमा भएको हो । तीनतिरबाट १० हजार जति प्रदर्शनकारी जम्मा भएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि कैयाै‌ हताहत भएको बताएका छन् । प्रदर्शनकारी तर्फ ३ जना सिकिस्त भएको र अन्यलाई पनि अस्पताल पुर्‍याइएको छ ।

यसै घटनालाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले केहीबेरमा बस्ने तयारी भइरहेको छ । गृहमन्त्रालयमा सुरक्षाा समितिको आकस्मिक बैठक अहिले चलिरहेको छ ।

काे हुन् एसएसपी न्यौपाने ?

एसएसपी न्यौपाने एक वर्ष अघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर चन्द्रगढि, झापा हो । हाल श्रीमती र एक छोराऽ एक छोरी सहित काठमाडौं सिनामंगल बस्दै आएका थिए ।

प्रकाशित : भाद्र ७, २०७२ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?