कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोटरसाईकल जलाउने दुई पक्राउ

कमल पन्थी

गुलरिया — मोटरसाइकल जलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थरुहट/थारुवान संर्घष समितिलगायत मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालिन बन्दको उल्लंघन गरेको भन्दै उनीहरुले मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ ।


बासगढी नगरपालिका—८ स्थित पूर्वपश्चिम राजमार्गमा रोकी राखेको से४प २३० नम्बरको मोटरसाईकल बिहीवार बेलुकी थरुहट कार्यकर्ताले आगजनी गरेका थिए । इलाका प्रहरी कार्यालय, बासगढीका प्रहरी निरीक्षक श्यामजंग शाहका अनुसार बेलवाका दत्त थारु र सुरेश थारुलाई मोटरसाइकल आगजनी गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरु विरुद्ध आगजनी सम्बन्धी मुद्दा दायर भएको प्रहरीले बतायो ।
यसैगरी, थरुहटका कार्यकर्ताले गुलरिया—६ सुहेलवामा दुई वटा मोटरसाइकल तोडफोड गरेका छन् । तोडफोड गर्नेको पहिचान भइसकेकोले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लक्षमणामा कान्तिपुर पब्लिकेसन्सको पत्रिका महेन्द्रनगर पुर्‍याएर नेपालगन्ज फर्किदै गरेको गाडी २५ मिनेट नियन्त्रणमा लिई छाडेका छन् । आफू अनुकुल समाचार प्रकासित नभएको भन्दै थरुहट कार्यकर्ताले चालक र कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । संघर्ष समितिका संयोजक गोवन्द थारुले प्रेसमाथि भएको सो घटना पुन नदोहोरिने दाबी गरे ।
आन्दोलनकारीहरुले मैनापोखरमा दुईवटा रात्रिबस रोकेर राखेका छन् । बसमा भएका यात्रु र आन्दोलनकारीबीच तनावको स्थिति सिर्जना भएपछि गुलरियाबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

पत्रिका जलाए
यसैबीच शुक्रबार विहान नेपालगञ्जबाट गुलरियामा लगिंदै गरिएको नागरिक दैनिक पत्रिका बन्दकर्ताले जलाएका छन् । मैनापोखरस्थित बन्दकर्ताले थरुहट आन्दोलनको समाचारलाई प्राथमिकता नदिएको भन्दै आगजनी गरेको नागरिक संवाददाता निर्मल घिमीरेले बताए ।

प्रकाशित : भाद्र १८, २०७२ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?