कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संविधानमा हस्ताक्षर गरेको क्षण.... (फोटो फिचर)

काठमाडौं — संविधानसभाले शुक्रबारसम्म नयाँ संविधान निर्माणको सम्पूर्ण प्रक्रिया पुरा गरेको छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबारै प्रमाणिकरण गरेको ‘नेपालको संविधान’ आइतबार साँझ राष्ट्रपति रामबरण यादवले जारी गरेपछि लागू हुन्छ ।

संविधानमा हस्ताक्षर गरेको क्षण.... (फोटो फिचर)

संविधानसभाले शुक्रबारसम्म नयाँ संविधान निर्माणको सम्पूर्ण प्रक्रिया पुरा गरेको छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबारै प्रमाणिकरण गरेको ‘नेपालको संविधान’ आइतबार साँझ राष्ट्रपति रामबरण यादवले जारी गरेपछि लागू हुन्छ । संविधानसभा भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सभाध्यक्षले संविधान प्रमाणिकरण गर्दा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधबकुमार नेपाल, शेरबहादुर देउवा सहितका नेता तथा सभासद्हरुको खचाखत उपस्थिति थियो ।

जनताको ब्यापलक सहभागिता र छलफलबाट संविधान बनेको उल्लेखगर्दै सभाध्यक्ष नेम्वाङले जनप्रतिनिधिमुलक संस्थाले निर्माण गरेको संविधानलाई संवृद्धि पार्दैजाने प्रक्रियामा जुट्न आह्वान गरे । ‘संविधानसभाले प्रगतिशील, लोकतान्त्रिक र उत्कृष्ट संविधान निर्माण गरेको छ,’ नेम्वाङले भने, ‘संविधानमा सबैका सबै कुरा समेट्न सम्भव थिएन । यसले अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धीलाई सरेको छ ।’ संसोधनको प्रक्रियाबाट असन्तुष्ट पक्षलाई समेटै जान सकिने उल्लेखगर्दै नेम्वाङले सबै पक्षलाई संवादमा फर्कन आह्वान गरे ।

लोकतन्त्रका लागि तीन/चार पुस्ताले गरेको संघर्षको उपलब्धीका संस्थागत भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट पातिर। संविधानको सबैले स्वागत गर्ने विश्वास ब्यक्त गरे । ‘यो महान उपलब्धी प्राप्त भएको छ,’ उनले भने, ‘प्रक्रियाबाट भएको यो उपलब्धिलाई लोकतन्त्रमा विश्वास राख्ने सबै विदेशी मित्रहरुले समर्थन जनाउनुहुन्छ ।’ संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता र समुदायगत अधिकार सुरक्षित गरेको उल्लेखगर्दै प्रधानमन्त्री कोइरालाले प्राप्त उपलब्धीको विरोध नगर्न असन्तुष्ट पक्षसँग आग्रह गरे । आफुपनि मधेशी भएको उल्लेखगर्दै कोइरालाले द्वन्द्व र हिंसाले प्राप्त उपलब्धि गुम्ने खतराप्रति सचेत रहन आन्दोलनरत पक्षसंग आग्रह गरे । ‘धैर्य राख्न नसके मुलुकले दु:ख पाउछ,’ उनले भने ।

प्रमाणिकरण अघि संविधानसभाका ५ सय ३७ सभासद्हरुले संविधानका ५/५ प्रतिमा हस्ताक्षर गरेका थिए । विहान नौ बजेदेखि अपरान्ह तीन बजेसम्मका लागि तोकिएको समयमा कांठमाडौ– ३ बाट निर्वाचित सभासद् रामेश्वर फुयालले पहिलो हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री कोइरालासहित प्रमुख दलका शीर्ष नेताहरुले भने हस्ताक्षरका लागि पौने तीन बजेमात्रै संविधानसभा भवन पुगेका थिए ।

सार्वभौम नेपाली जनताका तर्फबाट निर्मित संविधानमा हस्ताक्षर गर्न पाएकोमा सभासद्हरु हर्षित र उत्साहित देखिन्थे । हस्ताक्षर पछि एक(आपसमा बधाई साटासाट गरी हर्षोल्साह मनाएकामध्ये अधिकांश सभासद् सभाध्यक्षले संविधान प्रमाणिकरण गर्नेबेलासम्म पनि संविधानसभा भवन परिसरमै थिए ।

सचिवालयको अब्यवस्थापनका कारण सभासद्हरुको सामुहिक फोटो सेसन भने प्रभावकारी हुन सकने । हस्ताक्षरका लागि उपस्थित सभासद्हरु सुरुदेखिनै ब्यक्तिगत र सामुहिकरुपमा फोटो खिच्न/खिचाउन ब्यस्त थिए ।

प्रकाशित : आश्विन १, २०७२ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?