कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनाैली नाकामा तनाव, ८ प्रहरी घाइते

माधव ढुंगाना

काठमाडौं — भैरहवाको सुनौली नाकामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भएको छ । सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सुनौली नाकामा धर्ना बस्न जाने भएपछि त्यहाँ तैनाथ प्रहरीले कार्यकर्ताहरुलाई नाकामा भेला हुन नदिएपछि ढुंगा हानाहान सुरु भएको हो ।

सुनाैली नाकामा तनाव, ८ प्रहरी घाइते

भैरहवाको सुनौली नाकामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सुनौली नाकामा धर्ना बस्न जाने भएपछि त्यहाँ तैनाथ प्रहरीले कार्यकर्ताहरुलाई नाकामा भेला हुन नदिएपछि ढुंगा हानाहान सुरु भएको हो । अहिले त्यहाँको अवस्था तानवपूर्ण छ । नाकामा बिहानै देखि प्रहरीको बाक्लो उपस्थिति थियो ।

दिउसो २.३० बजे तीनतिरबाट अाएर प्रदर्शनकारीहरु अाएर दसगजामा धर्ना बसेका थिए । केहीबेरको धर्नापछि ढुंगा प्रहरीलाई ढुंगा हानिएको थियो । ढुंगा प्रहारबाट असइ ज्ञानबहादुर कुँवरसहित ८ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले बेलहिया इलाका प्रहरी कार्यालयमाथि पनि ढुंगा हानेका थिए। प्रहरीले पनि प्रदर्शनकारीलाई ढुंगा हानेकाे थियो ।

नेपाली प्रहरीले लेखेटेर दसगजा पारी पुगेका अान्दोलनकारीले भारतबाट नेपालतर्फ अाउँदै गरेका रुपन्देहीकाे भलवारी सुकुम्बासी वस्तीका युवा कृष्णबहादुर क्षेत्रीलाई कुटपिट गरेका छन् । कुटपिटमा उनको टाउकोमा चोट लागेको छ भने हातका अाैंला काटिएका छन् । क्षेत्रीको भैरहवामा उपचार भइरहेको छ । उनलाई भारतीय प्रहरी चाैकी नजिकै कुटपिट गरिएको तर भारतीय प्रहरीले नरोकेको भन्दै स्थानीयले भारतीय प्रहरी र प्रदर्शनकारीविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रकाशित : आश्विन २०, २०७२ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?