भारतीय दूतावासबाहिर पेट्रोलसहित प्रदर्शन (तस्बिर)

स्वरूप आचार्य

काठमाडौं — काठमाडौंस्थित भारतीय दूतावासले नेपाल आयल निगमसँग इन्धन माग गरेकोमा नेपाली ट्विटर प्रयोगकर्ताहरु दूतावासलाई पेट्रोल ‘दान’ गर्न लैनचौरमा जम्मा भएका छन् । ट्विटरमा आज बिहानै सुरु भएको ह्यासट्याग ‘डोनेट ओयल टु इन्डियन एम्बेसी’ ट्रेन्डिङ भइरहेको छ ।

भारतीय दूतावासबाहिर पेट्रोलसहित प्रदर्शन (तस्बिर)





अघोषित नाकाबन्दी गरेको भारतको काठमाडौं स्थित दूतावासले नेपाल आयल निगमसँग इन्धन माग गरेको भन्दै व्यंग्य स्वरुप तेल दिन लागिए पनि दूतावासले यसरी लगिएको तेल भने लिएन । मिनरल वाटरका बोतलमा तेल लिएर पुगेका प्राय: युवाहरुले ‘ब्याकअफ इन्डिया’, ‘तेल चाहिन्छ लैजाउ, स्वाभिमान दिन्नौं’ लेखिएको पम्पलेट बोकेका थिए । उनीहरुलाई खानी विभागनेर रोकिएपछि राष्ट्रिय गीत गाउँदै सडकमा नै धर्ना दिएका थिए ।

युवाहरुले जम्मा गरेको तेल नलिए पनि नाराहरु लेखिएको पम्पलेट भने दूतावासलाई बुझाइयो । पम्पलेट बुझेका दूतावासका अधिकारले 'हामीले तपाईको समस्या बुझेका छाैं, हामीलाई तेल चाहिदैन आफ्नै जनतालाई बाँड्नुस्' भनेका थिए ।




प्रकाशित : आश्विन २०, २०७२ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?