३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्या भण्डारी प्रथम महिला राष्ट्रपति

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्छु’
बालकृष्ण बस्नेत

काठमाडौं — गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारी निर्वाचित भएकी छन् । व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा उनी ३२७ मत ल्याएर बिजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् । सभामुख अोनसरी घर्तीले विद्याको विजयको संसदमा घोषणा गरिन् ।

विद्या भण्डारी प्रथम महिला राष्ट्रपति

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारी निर्वाचित भएकी छन् ।

व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत ल्याएर उनी विजयी भएकी हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रप्रमुख बनेकी छन् ।

कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङलाई पराजित गर्दै विद्या राष्ट्रपति निर्वाचित भएका हुन् । सभामुख ओनसरी घर्तिले संसदका ५९७ सदस्यमध्ये बहुमत प्राप्त गरेर भण्डारी निर्वाचित भएको घोषणा गरिन् । विजयी भएपछि व्यवस्थापिका संसद भवनमा पत्रकारहरुसित कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति भण्डारीले आफूले संविधानको रक्षा गर्ने प्रतिक्रिया दिइन् ।

‘मेरो विजयलाई मैले नेपाली जनताको विजयकोरुममा लिएको छु,’ भण्डारीले भनिन्, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानको रक्षाको लागि भूमिका खेल्नेछु ।’

भण्डारीका प्रतिद्वन्द्वी गुरुङले २१४ मत पाएका छन् ।

संसदमा कायम ५९७ मध्ये ५४९ मत खसेको थियो । त्योमध्ये ८ मत बदर भएको थियो ।

नयाँ संविधानको धारा २९७ को उपधारा २ बमोजिम दलहरुबीच सहमति कायम हुन नसकेपछि संसदका बहुमत सदस्यले गोप्य मतदानबाट राष्ट्रपति चयन भएको हो ।

सत्तारुढ एमालेले सरकार निर्माणमा बनाएको गठबन्धन जोगाएपछि राष्ट्रपतिमा भण्डारीको जीत सुनिश्चित भएको थियो । उनलाई एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायत सत्तारुढ दलले समर्थन गरे ।
कांग्रेसका गुरुङलाई स्वतन्त्र सांसद अतहर कमाल मुसलमानलगायत एक–दुई सिट भएका केही साना दलले समर्थन गरेका थिए ।

आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुले राष्ट्रपति निर्वाचन बहिष्कार गरेका थिए ।

भण्डारी र गुरुङलाई २–२ भोट घाटा

राष्ट्रपति निर्वाचनमा भण्डारी र गुरुङले आफ्ना समर्थक दुई–दुई सांसदको मत पाउन सकेनन् ।

भण्डारीलाई एमाओवादीका सुरेन्द्रप्रसाद जैसवाल र भक्तिप्रसाद पाण्डेले भोट दिएनन् । जैसवाल भण्डारीलाई मत नदिने भन्दै संसद आएनन् भने पाण्डे उपचारकोक्रममा भारत गएको एमाओवादीले जनाएको छ ।

प्रधानमन्त्री निर्वाचनमा नआएकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छाले भने भण्डारीलाई भोट दिइन् । निर्वाचित भएपछि बधाई दिएर उनी निस्किइन् ।

कांग्रेसका दुई सांसद शिला खड्का र मधु शाही ठकुरीले पनि गुरुङलाई मत दिन आएनन् ।

झुक्किइन् सभामुख
राष्ट्रपति निर्वाचनको मतपरिणाम घोषणा गर्दा सभामुख ओनसरी घर्ति झुक्किइन् । उनले कांग्रेस उम्मेदवारको प्राप्त मत सही भने पनि एमाले उम्मेदवारको मतसंख्या गल्तीवश २२७ भनिन् । संसद् सचिवालयका कर्मचारीले तत्काल ध्यानाकर्षण गराएपछि उनले पुन: ३२७ पाएको घोषणा गरिन् ।

प्रकाशित : कार्तिक ११, २०७२ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?