कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

राजनीतिक सहमति जुटाउन कांग्रेसले नेतृत्व गर्ने

कांग्रेस पदाधिकारी बैठक सम्पन्न
रासस

काठमाडौं — व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको कांग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए ।

राजनीतिक सहमति जुटाउन कांग्रेसले नेतृत्व गर्ने

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा आज भएको कांग्रेस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताए । 'तराई–मधेसको समस्या समाधानका लागि संसद्को आगामी बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा वातावरण बनाउन प्रयत्न गछौं,' उनले भने ।

समस्या समाधानका लागि कांग्रेसले शनिबार मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेको जानकारी गराउँदै उनले आन्दोलनका माग सम्बोधन गर्न कांग्रेस शीर्ष नेताले सत्ता पक्षका नेतासँग पनि औपचारिक– अनौपचारिक छलफल गरिरहेको बताए ।

मोर्चाले उठाएको सीमांकनको विषयसम्बन्धी विषयमा पनि व्यापक राजनीतिक सहमति जुटाउने प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाइने केन्द्रीय सदस्य आचार्यको धारणा थियो । कांग्रेसका शीर्ष नेताले आजै सत्ता पक्षका दलका नेतासँग छलफल गर्दै छन् ।

बैठकमा कांग्रेसको १३औँ महाधिवेशनको तयारीका बारेमा समेत छलफल भएको उनले बताए । कांग्रेस पदाधिकारीले आजै महाधिवेशन तयारीका लागि गठित समितिका संयोजकसँग छलफल गरी तयारीका बारेमा जानकारी लिने बताइएको छ ।

प्रकाशित : कार्तिक २९, २०७२ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?