कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाँच लाख घुससहित चार कर्मचारी पक्राउ

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका चार जना कर्मचारीलाई ५ लाख रुपैयाँसहित मंगलबार पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने उजुरीका आधारमा गएको अख्तियारको टोलीले मालपोत कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई पक्राउ गरेको हो
अख्तियारले विज्ञप्ति जारी गरी सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा डिल्लीबजारस्थित क्वालिटी फास्टफुड क्याफेबाट उनीहरूलाई पक्राउ गरी अख्तियारको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ ।
महानगरपालिका-८ गुहयेश्वरीस्थित विभिन्न कित्ताको १ सय ३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक बाँकी रहेको जग्गाको क्षेत्रफल यकिन गरी पाउँ भनी दिएको निवेदनउपर नियमानुसार आवश्यक कारबाही नगरी कर्मचारीले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।

 

प्रकाशित : पुस १४, २०७२ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?