१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सुनसरीको छिटाहामा दुई घरमा आगलागी

रासस

इटहरी — सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस-४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा रु दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको बताएको छ ।

मेहता परिवारको घरमा लागेको आगोका विषयमा अनुसन्धान भई रहेको तथा ती दुबै घरमा लागेको आगोलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै नियन्त्रण गरिएकाले अरु बढी नोक्सानी भने हुन नपाएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७२ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?