ढाका टोपी शीरैमा...

आश गुरुङ

लमजुङ — शुक्रबार अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष । शुक्रबार नै नेपाली टोपी दिवस पनि । युवाहरुले केही वर्ष यता नेपाली टोपी दिवस मनाउँदै आएका छन् ।

नेपाली टोपी भन्नाले ढाकाको टोपीलाई लिइन्छ । पाका उमेरका बृद्धको शीरमा देखिने ढाका टोपी दिवसका दिन युवाहरुको शीरमा पनि देखिए ।

Yamaha

रोट्रयाक्ट क्लव अफ लमजुङले टोपी दिवसको अवसरमा युवालाई ढाका टोपी दिए र आफू पनि लगाए । कार्यक्रममा सहभागि युवाले दिनभरि र सकेसम्म अन्य दिनपनि नेपाली टोपी लगाएर हिँड्ने प्रण गरे ।

विदेशमा जाँदा पनि नेपाली टोपी नै लाउने प्रतिवद्धता जनाए । नेपाली टोपी नेपालीको पहिचान भएको उनीहरुको भनाई छ ।

यस्तै काठमाडौंमा पनि टोपी दिवस मनाइँदै छ । आज बिहानै काठमाडौंको माइतीघरमा युवाहरुले शीरमा टोपी लगाएर टोपी दिवस मनाए ।

तस्बिरहरु: आश गुरुङ/प्रकाशचन्द्र तिमिल्सेना

प्रकाशित : पुस १७, २०७२ १२:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सुनसरीको छिटाहामा दुई घरमा आगलागी

रासस

इटहरी — सुनसरी जिल्लाको दक्षिणी क्षेत्र छिटाहा गाविस-४ मा गएराति दुई घरमा अकस्मात आगलागी हुँदा कम्तीमा रु दश लाख भन्दा बढीको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बिन्देश्वरी मेहताको घरबाट सुरु भएको आगोले छिमेकी वासुदेव मेहताको घरसमेत जलेर खरानी भएको छ । आगलागीबाट विन्देश्वर वासुदेवको घरमा भएका चलअचल सम्पत्ति पूरै जलेर नष्ट हुँदा रु दश लाख भन्दा बढीको नोक्सानी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको बताएको छ ।

मेहता परिवारको घरमा लागेको आगोका विषयमा अनुसन्धान भई रहेको तथा ती दुबै घरमा लागेको आगोलाई स्थानीयवासी र प्रहरीको सक्रियतामा राति नै नियन्त्रण गरिएकाले अरु बढी नोक्सानी भने हुन नपाएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७२ १२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT