तीनकुनेमा भएको आगलागीमा २ घाइते

काठमाडौं — तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित राज भवनको पार्किङमा आगलागी हुँदा दुइ जना घाइते भएका नयाँ बानेश्वर प्रहरी वृत्तका सइ सुवर्ण खड्काले जानकारी दिए ।

तीनकुनेमा भएको आगलागीमा २ घाइते


 
उनले घाइतेलाई उपचारको  लागि नजिकैको कान्तिपुर अस्पतालमा लगिएको बताए । दुवैको अवस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

भवनमा गार्डको काम गर्ने दुइजनाको नाम खुल्न नसकेको खड्काले बताए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । जुद्ध बारुण यन्त्रसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।

आगलागी के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रकाशित : माघ २०, २०७२ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?