१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कार्यदल बैठक दिल्ली भ्रमणको भिसा लगाउन : श्रेष्ठ

बसन्त बस्नेत

काठमाडौं — सीमांकन हेरफेर गर्न राजनीतिक संयन्त्र बनाउन भनी आयोजित तीन दल–मधेसी मोर्चा कार्यदल बैठक विनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारमा बिहीबार अपराह्न बसेको बैठक संयन्त्रको कार्यविधिमै अड्केपछि अनिर्णयमै सकिएको हो ।



संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यदल बैठक औपचारिकतामै सीमित हुन पुगेको कटाक्ष गरे । ‘कार्यदल बैठक राजनीतिक संयन्त्र बनाउन भन्दा पनि प्रधानमन्त्रीको दिल्ली भ्रमणको भिसा लगाउन आयोजना गरेजस्तो लाग्यो, खास मुद्दामा उहाँहरु गम्भीर देखिनुभएन,’ श्रेष्ठले भने, ‘संविधान निर्माण र संशोधन एकतर्फी गरेझैं संयन्त्र पनि एकतर्फी नै गर्नुभयो भने यसले समाधान हुँदैन ।’

प्रकाशित : फाल्गुन ६, २०७२ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?