कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !

खोजीकार्य जारी

काठमाडौं/पोखरा — पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको ट्विनअटर जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा 'फेरि भेटौंला, गुड डे !' भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।

सम्पर्कविहीन हुनुअघि पाइलटले अन्तिममा भने- फेरि भेटौंला, गुड डे !

पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन हुनुअघि पाइलटले पोखरा टावरसँग गरेको अन्तिम कुराकानीमा 'फेरि भेटौंला, गुड डे !' भनेको रेकर्ड छ । बुधबार बिहान पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग अन्तिम कुराकानी गरेपछि सम्पर्कबिहीन भएको थियो।

पोखराबाट जोमसोमको लागि उडेको उक्त जहाजका पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन् ।

त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको जोमसोम विमानस्थलका प्रमुख सूर्य खत्रीले बताएका छन् ।

...

पोखराबाट जोमसोमको लागि उडेको कल साइन 9N-AHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज ९ मिनेटपछि सम्पर्कबिहीन भएको हो।

पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना र २ जना बालबालिका रहेका छन् । जहाजमा कुवेतका नागरिक रालरसिद अहमिद र चिनियाँ नागरिक माकस्यु यिङ रहेका छन् ।

रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखराबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डीकेस नेम्कुल र एयरहोस्टेस रमा रावत रहेका छन् ।

पौडेलका अनुसार पोखरा टावरसँग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।

म्याग्दीस्थित कान्तिपुर संवाददाता घनश्याम खड्काका अनुसार म्याग्दी र मुस्ताङको सीमा क्षेत्रका स्थानीयले आगो लगाेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ प्रस्थान गरेको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।

ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।

हेर्नुस उक्त जहाजमा रहेका यात्रुहरुको नामावलीः

प्रकाशित : फाल्गुन १२, २०७२ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?