कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्याराभान नायक थिन्लेको घोडासँगै लडेर मृत्यु

नेपालगन्ज — ‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको डोल्पा फोक्सुण्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको छ ।

बिहान उनी दुनैबाट घर साल्दाङतर्फ हिडेका थिए ।

क्याराभान नायक थिन्लेको घोडासँगै लडेर मृत्यु

‘क्याराभान’का नायक थिन्ले लुण्डुप लामाको डोल्पा फोक्सुण्डो गाविसको छेप्कामा घोडाबाट लडेर आइतबार मृत्यु भएको छ ।

बिहान उनी दुनैबाट घर साल्दाङतर्फ हिडेका थिए । उनी अभिनित फिल्म क्याराभान ओस्कारसम्म पुगेको थियो । ७२ वर्षीय थिन्ले चढेको घोडालाई खच्चरले धकेलेपछि उनी भीरबाट खसेको स्थानीयले बताएका छन् । भीरबाट खसेको केहीबेरपछि उनको मृत्यु भएको डोल्पाका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले बताए ।

थिन्लेको शव ल्याउन आइतबार ढिलो भएकोले हेलिकोप्टर मगाउन नसकिएकाले सोमवार बोकेरै दुनै ल्याउने वा हेलिबाट ल्याउने दुनैस्थित उनका घरबेटी रामकृष्ण रेग्मीले बताए ।

प्रकाशित : वैशाख १२, २०७३ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?