३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने

दुर्गा खनाल

काठमाडौं — एमाओवादीले तत्कालका लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने प्रस्ताव गरेपछि नयाँ सरकार निर्माणको सरगर्मी सुरु भएको थियो ।

एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने



तर, एमालेले वर्तमान सरकार नै कायम गर्ने वा एमाले–एमाओवादी आलोपालो गरेर भए पनि वामपन्थी गठबन्धन कायम राख्ने वा कम्तिमा बजेट र नीति तथा कार्यक्रम ल्याइन्जेल सरकार जोगाउने प्रस्ताव गरेको थियो । ओलीका यी प्रस्ताव लिएर आज बिहान उपाध्यक्ष वामदेव गौतम दाहाल निवास पुगेका थिए ।

गौतमको प्रस्ताव दाहालले अस्विकार गरेका थिए । आज बिहानै ओलीले बोलाएको मन्त्रीपरिषद बैठकमा एमाओवादी मन्त्रीहरु पार्टीमा सल्लाह गर्नुछ भन्नै उपस्थित भएका थिएनन् । त्यसलगत्तै कांग्रेस सभापति देउवासँग भएको वार्तामा दाहालले आफ्नो नेतृत्वमा सरकार बनाउन नसकिने जानकारी गराएका थिए ।

एमाओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले सरकार नछोड्न दबाब दिएपछि दाहाल पछि हटेको एमाओवादी स्रोतले बतायो । त्यस्तै अविश्साव प्रस्तावमा पनि नियमावलीका कारण झमेला भएको भन्दै दाहाल पछि हटेका हुन् ।

प्रकाशित : वैशाख २३, २०७३ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?