निजी विद्यालयमा संस्कृत

कान्तिपुर संवाददाता

काठमाडौं — उपत्यकाका एक दर्जन निजी विद्यालयले संस्कृतको पठनपाठन सुरु गरेका छन् । हाललाई पाठ्यक्रम विकास केन्द्रकै कक्षा ४ देखि ७ सम्म अनिवार्य संस्कृत विषय लागू गरिएको छ ।

शिक्षाको मुख्य उद्देश्य चरित्रवान् नागरिक उत्पादन गर्नु भएकाले संस्कृतको पठनपाठन सुरु गरेको वाग्मती उमाविका संस्थापक सुरेन्द्र सिटौलाले बताए । यसै शैक्षिक सत्रबाट संस्कृत लागू गर्नेमा वाग्मती, ग्यालेक्सी, ओपल, एपेक्स, रूपक मेमोरियल, डीएभीलगायत रहेको जयतु संस्कृतमका सदस्यसचिव नवराज कट्टेलले बताए ।

जयतु संस्कृतमको अभियानलाई निजी विद्यालयले साथ दिएकोमा जेट नेपालका अध्यक्ष वामन न्यौपानेले धन्यवाद दिए । यसैगरी जनमैत्री उमावि कौशलटार, त्रिभुवन आदर्श फर्पिङलगायत भैरहवा र सिरहामा समेत संस्कृतको पठनपाठन सुरु भएको अभियानका जनार्दन घिमिरेले बताए ।

Yamaha

 

 

प्रकाशित : असार १७, २०७३ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संस्कृत विश्वविद्यालयमा फेरि ताला लाग्यो

दुर्गालाल केसी

दाङ — बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार फेरि तालाबन्दी भएको छ । बुधबार मात्रै कांग्रेस र एमालेका नेता तथा सभासद्हरुले ताला फोडेका थिए ।

प्रगतिशिल प्राध्यापक संगठन केन्द्रीय समितिले आफ्ना मागहरु पूरा नभएको भन्दै फेरी ताला लगाएको हो ।

संगठनले सात सुत्रिय माग राखी जेठ ६ गते ताला लगाएको थियो । नेताहरुले मागका बिषयमा छलफल नै नगरी ताला फोडेका कारण फेरि तालाबन्दी गरेको संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले बताए । बुधबार कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी, जिल्ला सभापति किर्तीबहादुर खड्का तथा एमाले पोलिटव्यूरो सदस्य तथा सांसद भागवत विश्वासी र जिल्ला अध्यक्ष जोगबहादुर रानाको नेतृत्वमा ताला फुटाइएको थियो ।

ताला लगाउने जानकारी पाएपछि शुक्रबार दिनभर विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको थियो । प्रहरीले अबरोध गर्ने अवस्था भएपछि बेलुकापख तालाबन्दी भएको थियो ।

 

प्रकाशित : असार १७, २०७३ २०:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT