भ्रष्टाचार गर्नेलाई छाड्नेवाला छैन : प्रधानन्यायाधीश कार्की

‘खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुँदा अदालतलाई घाटा’

काठमाडौं — नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारीलाई नछाड्ने टिप्पणी गरेकी छन् । प्रधानन्यायाधीशको सपथ लिएर कार्यभार ग्रहण गरेकै दिन बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले आफ्नो कसैसँग रिस र द्वन्द्व नरहेको बताइन् ।

भ्रष्टाचार गर्नेलाई छाड्नेवाला छैन : प्रधानन्यायाधीश कार्की

सुन्नुस् प्रधानन्यायाधीश कार्कीले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वार्ता :

अन्तर्वार्ताको क्रममा उनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकी पूर्व सभासद सपना मल्लको बचाउ गरिन् । उनले सर्वोच्चलाई हाँक्नसक्ने र समग्र महिला समाजलाई नेतृत्व गर्न सक्ने व्यक्ति भएको भन्दै मल्लको बचाउ गरेकी हुन् ।
उनले आफू महिला भएकै कारण मात्र प्रधानन्यायाधीश नबनेको दाबी गर्दै अदालतमा महिला न्यायाधीश ल्याउने कुरामा विभेद रहेको बताइन् ।
पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी पद नछाडी मन्त्रिपरिषद्को अध्यक्ष बन्न गएको घटनाले अदालतलाई ठूलो घाटा पुर्‍याएको कार्कीले टिप्पणी गरिन् ।

प्रकाशित : असार २७, २०७३ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?