कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय हितको जगेर्ना र संविधान कार्यान्वयन सरकारको मूल दायित्व: देउवा

काठमाडौं — नेपाली कांग्रेसका सभापति एवम् सांसद शेरबहादुर देउवाले संविधानको कार्यान्वयन गर्न, राष्ट्रिय हितको जगेर्ना गर्न सबैको सकारात्मक साथ र सहयोगको जरुरी रहेको बताएका छन् ।

राष्ट्रिय हितको जगेर्ना र संविधान कार्यान्वयन सरकारको मूल दायित्व: देउवा

व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गरेका सांसद पुष्पकमल दाहालका प्रस्तावक उनले अबको सरकारको प्रमुख दायित्व राष्ट्रिय हितको जर्गेना र संविधानको कार्यान्वयन नै रहेको बताए ।

उनले शान्तिपूर्ण रुपमा सरकार परिवर्तन हुनु प्रजातन्त्रको सुन्दरतम् पक्ष भएको बताउँदै अहिलेको प्रजातान्त्रिक अभ्यासलाई अस्वाभाविक रुपमा लिन नहुने विचार व्यक्त गरे ।

स्थायी शान्तिको पक्षमा नेपाललाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले स्थानीय, प्रान्तीय र प्रतिनिधिसभाको निर्वाचनमा जानुपर्ने र संविधानको कार्यान्वयन गर्नुपर्ने बताए ।

संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई द्रूतरुपमा राहत प्रदान गर्ने, शान्ति स्थिरताको मार्गमा अगाडि बढाउन आफूहरु प्रयत्नशील रहने उल्लेख गरे । उनले भने, ‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन ।' चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ भन्नेमा नेपाली कांग्रेस दृढ रहेको प्रष्ट पारे ।

नेपालको विकासका साझेदारसँग पनि सुमधुर सम्बन्ध कायम गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सकिने अभिमत प्रकट गरे । रासस

प्रकाशित : श्रावण १९, २०७३ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?