जलवायु संसदीय मञ्च गठन

कान्तिपुर संवाददाता

काठमाडौं — व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका सांसदहरुको बुधवार राजधानीमा भएको भेलाले शेरबहादुर तामाङको संयोजकत्वमा ‘जलवायु परिवर्तनसम्वन्धि संसदीय मञ्च’ गठन गरेको छ ।

जलवायु संसदीय मञ्च गठन

मञ्चमा विभिन्न पार्टीका १५ जना सांसद सदस्य छन् । मञ्चमा राजाराम स्याङ्तान, कविताकुमारी सरदार, दिर्घराज भाट, लालबहादुर रावल, रञ्जना सरकार, सीता लुइँटेल ज्ञवाली सदस्य छन् । सिन्धु जलेशा, जयप्रकाश थारु, हरि राजवंशी, राधिका तामाङ, परशुराम तामाङ, कमला विश्वकर्मा, केदार सञ्जेल र नरेन्द्र कुमाल सदस्य छन् । संसदको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी मञ्चका संरक्षक छन् ।

मञ्चले जलवायु परिवर्तनसम्वन्धमा सरकारले गरेका कार्यक्रमको सुक्ष्म अध्ययन गर्नेछ भने आवश्यक निर्देशनसमेत दिने संयोजक तामाङले बताए । यस्तै, जलवायु र वातावरणमैत्री विकासमासमेत मञ्चले सम्वन्धित निकायको ध्यानाकर्षण गराउने सदस्य राजाराम स्याङ्तानले बताए । सांसदहरुको यो ‘लुज नेटवर्क’ हो । मञ्चमा अरु सस्दयसमेत थपिनेछ ।

प्रकाशित : श्रावण २६, २०७३ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?