गौरतीमा शैक्षिक सामग्री वितरण

काठमाडौं — गौरती युवा समूहले चौतारा २, गौरतीस्थित सीता आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

 गौरतीमा शैक्षिक सामग्री वितरण


अगस्ट माउन्टेन प्रोजेक्ट (रेस) को सहयोगमा समूहले कम्प्युटर, कापीकलम, भूकम्पपीडित विद्यार्थीलाई ब्ल्यांकेट र खेलुकद सामग्री वितरण गरेको अध्यक्ष धनबहादुर तामाङले बताए । विद्यालयमा ७८ विद्यार्थी छन् ।
‘गौरतीमा अधिकांश तामाङ समुदायको बस्ती छ । यो भेकका विद्यार्थी पछाडि परेका छन्,’ सचिव फूलकाजी लामा (विशाल) ले भने, ‘भूकम्प गएपछि उनीहरूको अवस्था दयनीय भएको छ ।’

प्रकाशित : पुस ११, २०७३ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?