दाङमा १५ बन्दकर्ता पक्राउ

दुर्गालाल केसी

दाङ — मध्यपश्चिम बन्दका क्रममा दाङमा १५ जना पक्राउ परेका छन् । बजार बन्द गराउँदै हिँडेका बन्दकर्तामध्ये सोमबार बेलुका ६ र मंगलबार बिहान ९ गरी १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

करिब एक हप्ताअघि कैलालीको गोदावरीमा तीर्थस्थल नजिक मरेका दर्जन गाई फेलापरेपछि सामूहिक हत्या गरिएको आशंकामा विभिन्न धार्मिक संघ संस्थाले विभिन्न जिल्ला बन्द गर्दै आएका छन् ।

विभिन्न हिन्दुवादी संगठनहरुले आयोजना गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । यातायात, शैक्षिक संस्था, उद्योग धन्दा र व्यापार व्यवसाय सबै ठप्प भएका छन् । पूर्वपश्चिम राजमार्गमा आएका रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्यमा पठाइरहेको एसपी सिंहले बताए ।

 

प्रकाशित : पुस १२, २०७३ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?