कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृष्णनगरस्थित झण्डेनगर सीमामा भारतबाट गोली चल्दा दुई प्रहरी घाइते

मनोज पौडेल

कपिलवस्तु — सीमा क्षेत्रको कृष्णनगर स्थित झण्डेनगरमा भारततिरबाट गोली चल्दा दुई प्रहरी घाइते भएका छन् । भन्सार नजिक खटिएका ईप्रका कृष्णनगरका हवल्दारद्वय कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुुन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रको कृष्णनगर स्थित झण्डेनगरमा भारततिरबाट गोली चल्दा दुई प्रहरी घाइते भएका छन् ।

भन्सार नजिक खटिएका ईप्रका कृष्णनगरका हवल्दारद्वय कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका हुुन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

दिउँसो करिब दुई बजेतिर एयर गनको गोली प्रहार गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको ईप्रका कृष्णनगरमा निरिक्षक बसन्त रिजालले बताए ।

एयर गनबाट गोली फायर गरिएको प्रारम्भिक अनुसन्धानबाट पाइएको भन्सार राजस्व सशस्त्र प्रहरी गुल्मका नायव उपरिक्षक तारिखचन्द्र चौधरीले बताए ।

प्रकाशित : पुस १४, २०७३ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?