कडा चिकित्सक आचार संहिता बन्दै

‘चिकित्सकहरु विदेश जाँदा औषधि कम्पनीको पैसा प्रयोग नभएको प्रमाण पेश गर्नुपर्ने’
अतुल मिश्र

काठमाडौं — नेपाल मेडिकल काउन्सिलले प्रस्तावित नयाँ आचार संहितामा दोषि ठहरिएका चिकित्सकलाई सचेत गर्ने, बिरामी जाँच्न नपाउने, निलम्बन गर्ने, दर्ता खारेज गर्नेदेखि लिएर पाँच लाख रुपैयाँसम्म दण्ड जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयबाट अनुमोदन भएपछि यो लागु हुनेछ ।

सन् २००२ मा बनाइएको आचार संहिता अव्यावहारिक भएपछि नयाँ बनाउन लागिएको हो । काउन्सिलका इथिकल कमिटि अध्यक्ष डा. सतिश देवका अनुसार चिकित्सकको संख्या अत्यधिक वृद्घिका साथै व्यावसायिक आचारसम्बन्धी समस्या बढेकाले समयानुकूल आचार संहिता निर्माण गर्न लागिएको बताए । डेढ दशकअघि करिब तीन हजार पाँच सय चिकित्सक थिए, हाल १८ हजार पाच सय भन्दा बढी पुगिसकेका छन् ।
  
डा. देवका अनुसार संहिताले चिकित्सा अभ्यासलाइ नियम, कानुनको अधिनमा राख्दै, पेशाको स्तर निर्धारण गर्न सघाउने छ । संहिताअनुसार उपचार प्रकृयालगायत वारे चिकित्सकले बिरामीलाई सबै जानकारी राम्ररी बुझ्ने गरी दिनुपर्ने हुन्छ । सरकारले तोकेको सेवा शुल्कभन्दा बढी चिकित्सकले लिन पाउने छैनन् । चिकित्सकले बिरामीलाइ बढी पनि घटी पनि औषधि लेख्न पाउने छैनन् । अनावश्यक एन्टिबायोटिक लगायत नचाहिने महंगो औषधिहरु प्रस्तावित गर्ने चिकित्सकलाई कानुनी दायरामा ल्याइनेछ ।
 
विना लाइसेन्स काम गर्ने विदेशी चिकित्सकलाई सशक्त छानबिनसागै कारवाही गरिनेछ । औषधि कम्पनी र चिकित्सकको सम्बन्धलाइ पारदर्शी बनाइनेछ । अब चिकित्सकले शैक्षिक कारण बाहेक विदेश घुम्न वा कुनै सभा सम्मेलनमा जाँदा औषधि कम्पनीको लगानी नभएको खुलस्त पार्नु पर्नेछ । मेडिकल काउन्सिलको लाइसेन्स परिक्षामा अनुत्तिर्ण हुने स्नातक र स्नातकोत्तर दुवै तहका चिकित्सकले चिकित्सा सेवा संञ्चालन गर्न पाउने छैनन् । 

प्रकाशित : पुस १६, २०७३ २१:००
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय खेलकुदले व्यापार बढ्यो

बेदराज पौडेल

काठमाडौं — सातौं राष्ट्रिय खेलकुदको सबैभन्दा बढी इभेन्ट भएको इटहरीमा खेलमात्र भएन । अतिरिक्त व्यापार गर्ने अवसर पनि जुर्‍यो । साता दिनमा होटलहरूले खाना र आवासमा मात्रै करिब डेढ करोडको कारोबार गरे ।

एथलेटिक्स, भलिबल, महिला क्रिकेट र तेक्वान्दोका विभिन्न ५२ स्वर्णपदकका लागि प्रतिस्पर्धा भएको थियो । लामो समय टिकेका टिम बसेका होटलवालाले अलि बढी कारोबार गरे ।
समग्रमा इटहरीका होटलले खेलाडी, अम्पायर, अफिसियल र कर्मचारीसमेत राखेर झन्डै डेढ करोडको कारोबार गरेको होटल संघ अध्यक्ष अनुरोध थापाले बताए ।

होटल मितेरीका सञ्चालक गोविन्द थापाले अरू बेलाभन्दा खेलकुद आयोजनाले होटल भरिभराउ भएकाले एक सातामै झन्डै एक महिनाको आम्दानी हुन सकेको बताए । उनको होटलका १२ वटा रुम भरिए ।

गुराँस होटलका सञ्चालक कृष्ण निरौलाले सुरुमा होटल बुक गरे पनि बीचमा व्यवस्थापनको कमजोरीका कारण पाहुना आउने या नआउने टुंगो नभएपछि आफैं सोधिखोजीमा लाग्नुपरेको थियो । तर आफूलाई एपीएफ राम्रो टिम परेकाले अरूको होटलभन्दा बढी समय उनीहरू बसेकामा खुसी लागेको बताए ।

इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष लिलिम बस्नेतले इटहरीमा राष्ट्रियस्तरको खेल आयोजना हुनु गौरवको विषय भएको बताए । यसले यहाँका स्थानीयस्तरको व्यापार व्यवसायलाईसमेत टेवा पुगेको बताए । तर उनले सातौं राष्ट्रिय खेलकुद आयोजना भए पनि स्थानीयस्तरका उद्योग वाणिज्य संघ, राजनीतिक दल र सामाजिक संघसंस्थालाई नबोलाइएकामा भने दु:ख व्यक्त गरे ।

जुनसुकै आयोजनामा पनि स्थानीयस्तरका दलहरू, संघसंस्थालाई प्राथमिकता दिने चलन भए पनि राखेपको आयोजनामा भएको खेलकुदमा भने सबैलाई बेवास्ता गरिएकामा दु:ख लागेको बस्नेतले बताए । होटल संघ इटहरीका अनुसार करिब ८ सय खेलाडी, अफिसियल र अम्पायर इटहरीका ७० भन्दा बढी होटलमा बसेका थिए ।

जसले न्यूनतम पनि एक हजार खर्च गर्दा दैनिक ८ लाख खर्च गरे । जुन कुल जोडदा एक सातामा एक करोड हुन आउँछ । त्यस्तै प्रत्येक खेलका क्षेत्रीय, जिल्लास्तरका प्रशिक्षक, अम्पायर र समर्थक संघसंस्थाका प्रतिनिधिसमेत गरेर एक सातामा डेढ करोडको खर्च गरेको संघले बतायो ।

प्रकाशित : पुस १६, २०७३ २०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्