कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै

काठमाडौं — दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युनाइटेड अरब ईमिरेट्स (युएई) को अबुधाबीमा हुने भएको छ ।

युएईमा दोश्रो म्युजिक अवार्ड हुँदै

सगिंक्षा फिल्मस् र नमस्ते ट्राभल्स एण्ड टुर्स युएईको संयुक्त आयोजनामा डिसेम्बर १ तारिकका दिन आबुधाबी स्थित फक्लोर थिएटर हलमा हुन गइरहेको छ । अवार्ड कार्यक्रममा नेपालबाट ४५ भन्दा बढी कलाकारहरू युएई आउने आयोजकका तर्फबाट नमस्ते ट्राभल्सका एकेन्द्रबहादुर थापाले वताए ।

नायक विवेक सिंह ठकुरी, बिरेन्द्र हमाल, नायिका निरूता सिंह, बिनिशा हमाल, नम्रता सापकोटा, सिपोरा गुरूङ्, महिमा सिलवाल लगायतका कलाकारहरु अबुधाबी आउनेछन् ।
त्यसैगरी हाँस्य कलाकार जितु नेपाल, शंकर बिसी, लोक तथा दोहोरी गायक खुमन अधिकारी र लोकनाथ सापकोटा आउने भएका छन् ।

कार्यक्रममा संगीत, म्युजिक भिडियो, म्युजिक भिडियो निर्देशक लगायत २२ बिधामा अवार्ड प्रदान गरिनेछ । त्यसैगरी ५ बिधामा युएईमा रहेर कलाकारितामा निरन्तरता दिएका नेपाली कलाकारलाई समेत अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७४ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?