कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दलाई लामाको विवादास्पद अभिव्यक्तिको बेलायतबाट विरोध

लन्डन — आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतवासी नेपालीले पनि विरोध गरेका छन् । बुद्ध फाउन्डेशन युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।

दलाई लामाको विवादास्पद अभिव्यक्तिको बेलायतबाट विरोध

आध्यात्मिक नेता दलाई लामाले भारतमा हालै दिएको एउटा विवादास्पद अभिव्यक्तिको बेलायतवासी नेपालीले पनि विरोध गरेका छन् ।

बुद्ध फाउन्डेशन युकेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दलाई लामाले ‘गौतम बुद्ध भारतीय हुन्’भनेर दिएको अभिव्यक्तिप्रति कडा भर्त्सना गर्दै लामालाई आममाफी माग्न माग गरेको छ ।

गत अक्टोबर १६, २०१७ का दिन भारतको उत्तर प्रदेशमा आयोजित एक शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै लामाले नेपालीलाई ‘मुर्ख’भन्दै बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका थिए । उनले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ र यसलाई विश्वभरका नेपालीले विरोध गरिरहेका छन् ।

लुम्बिनी गौतम बुद्धको जन्मस्थल भएकोबारे संयुक्त राष्ट्रसंघीय निकाय ‘युनेस्को’ले मान्यता दिइसकेको अवस्थामा लामाको अभिव्यक्तिले करोडौं नेपालीको भावनामा आघात पुग्नुका साथै बुद्धको जन्मस्थलबारे भ्रम फैलाउन मद्दत पुगेको बुद्ध फाउन्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव गणेश खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर ८, २०७४ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?