कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा

सोल — आकस्मिक हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पुष्पकमल दाहाल पुत्र प्रकाश दाहाल र जनवादी गायक खुशीराम पाख्रिनको आइतबार श्रद्धाञ्जलीसभा गरिएको छ ।

हृदयघातबाट निधन भएका प्रकाश र खुशीरामको कोरियामा श्रद्धाञ्जलीसभा

माओवादीका प्रवास संगठन जनप्रगतिशित मञ्च दक्षिण कोरियाले सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । सभामा  उपस्थित सबैले  दिवंगत दुवै नेताको तस्वीरमा फुलको गुच्छा, खादा र अविर  चडाउदै भावपुर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सभामा एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा , एनआरएनए एसिया प्यासिफीक सहसंयोजक विनोद कुवर, एनआरएनए महिला उपसंयोजक जुनुगुरुङ, आईसीसी प्रतिनिधी लोचन राई, एनसीसी कोरियाका अध्यक्ष अञ्जु केसी, लगायत विभिन्न राजनीतिक भातृसंगठन, क्षेत्रीय संघ संस्थाका प्रतिनिधिहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको हृदयघातका कारण मंसिर ३ गते बिहान निधन भएको थियो भने खुशीरामको चितवनको चुनावी सभाका क्रममा केहीदिन अघि ह्रृदयघातकै कारण निधन भएको थियो ।

प्रकाशित : मंसिर ११, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?