कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गम्भीरलाई कोरियामा मानार्थ सम्मान

सियोल — डेढ दशकदेखि दक्षिण कोरियामा नेपाली कला र संस्कृति प्रवद्र्धन आएका गम्भीर श्रेष्ठलाई सियोल महानगरपालिकाले मानार्थ नागरिकबाट सम्मान गरेको छ । बुधबार राजधानी सियोलमा आयोजित विषेश समारोहमा नगरपालिकाका मेयर पार्क वन सुनले श्रेष्ठलाई सम्मान हस्तान्तरण गरे ।

गम्भीरलाई कोरियामा मानार्थ सम्मान


कोरियामा अध्ययन गर्न प्रवेश गरेका श्रेष्ठले विद्यार्थी समयदेखि नै यहाँ नेपाली कला र संस्कृतिको प्रचारप्रसार गर्दै आएका थिए । उनी कोरियाका केबीएस, एमबीसी, इदिएसजस्ता टेलिभिजन च्यानल र रेडियोमार्फत कार्यक्रम सञ्चालनदेखि विभिन्न फिल्ममा अभिनय गर्दै प्रवासी अधिकारबारे बोल्दैसमेत आएका छन् । थुङगुग विश्वविद्यालयमा कोरियन इतिहाससम्बन्धी अध्ययन गरेका उनी हाल बहुसांस्कृतिक क्षेत्रमा विभिन्न संस्थाहरूमार्फत कार्यरत छन् । पाँच वर्षअघि कोरियन युवतीसँग विवाह गरेका श्रेष्ठले बहुसांस्कृतिक परिवारका अनाथ र असहाय बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, युवायुवतीहरूलाई विभिन्न परामर्श दिने कार्यसँगै अन्तर सांस्कृतिक सम्बन्धबारे पनि अभियानहरू चलाउँदै आएका छन् ।
सम्मानप्राप्त गरेपछि श्रेष्ठले नेपाल र कोरियाको सम्बन्धलाई जनस्तरमा अझ गाढा बनाउन सम्मानले थप जिम्मेवारी र अवसर दिएको दाबी गरे । सियोलमा रहेका विभिन्न देशका सक्रिय नागरिकलाई सम्बन्धित दूतावासको सिफारिसमा नगरपालिकाद्वारा हरेक वर्ष मानार्थ सम्मान प्रदान गर्दै आएको छ । नेपालबाट भने यसअघि केपी सिटौला, राजु क्षेत्री, जुनु गुरुङ र हिम गुरुङ मानार्थ सम्मान पाइसकेका छन् ।

प्रकाशित : मंसिर १६, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?