१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

अस्ट्रेलिया — नेपालको पर्यटन प्रवर्द्धन गर्ने र अस्ट्रेलियामा रहेका विदेशीहरुलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले दक्षिण अस्ट्रेलियामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।

अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

नेपाल पर्यटन बोर्ड र अवैतनिक वाणिज्य दूतावासको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी जानकारी दिइनुका साथै नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिइएको थियो । उक्त क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुलाई लक्षित आयोजना गरिएको कार्यक्रममा अधिकांश विदेशीहरुको सहभागिता रहेको आयोजक दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक वाणिज्यदूत दीपक धमलाले जानकारी दिए ।

कार्यक्रममा नेपालका पर्यटनमन्त्री जीतेन्द्रनारायण देव, अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री जोय बाटिसन, माथिल्लो सदनका प्रमुख रसल वाट्ली, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, एनआरएन उपाध्यक्ष अशोक केसीलगायत ब्यक्तिको सहभागिता थियो । सहभागीहरुलाई मन्त्री देवले नेपाल भ्रमणका लागि अत्यन्तै सुरक्षित रहेको जानकारी दिँदै नेपाल भ्रमणका लागि सबैलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रतिनिधि सन्तोष थापाले नेपालको पर्यटकीय क्षेत्रहरुको बारेमा प्रस्तुति दिएका थिए ।

नेपाली कलाकार आशिका राईलगायतले नेपाली कलासंस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

यसैगरी देवलगायतको टोलीसँग एनआरएनका प्रतिनिधिहरुले अलग्गै अन्तर्क्रिया समेत गरेका थिए ।

प्रकाशित : मंसिर १६, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?