कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सिचुवानमा नेपाली तस्बिर

चेतनाथ आचार्य

बेइजिङ — चीनको पश्चिममा पर्ने सिचुवान प्रान्तको छन्दुमा नेपालसम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । छन्दुको पर्यटकीय स्थल वाइड न्यारो एलेमा ६ दिनसम्म चल्ने प्रदर्शनीमा चिनियाँ तथा नेपाली फोटो ग्राफरले नेपालमा खिचेका सुन्दर फोटा राखिएका छन् ।

सिचुवानमा नेपाली तस्बिर

छन्दु नेपालमा चिनियाँ पर्यटक भित्र्याउने महत्त्वपूर्ण हब मानिन्छ । यहाँबाट दैनिक एयर चाइना र सिचुवान एयरलाइन्सले काठमाडौंमा उडान गर्दै आएका छन् ।

दैनिक हजारौं पर्यटक आवतजावत गर्ने खुला सडकमा राखिएका फोटोले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न सघाउ पुर्‍याउने उद्देश्यले खुला स्थानमा प्रदर्शनीको आयोजना गरिएको हो । सो फोटो प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडयालले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रदर्शनीले कोसेढुंगाको काम गर्ने बताए । नेपाली पर्यटन बजारमा चिनियाँ पर्यटकले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनले नेपाली पर्यटन प्रवद्र्धन गर्नका लागि सिचुवानको छन्दुले पुर्‍याएको योगदानको प्रशंसा पनि गरे । 

छन्दुसँग गतवर्ष मात्र काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापना गरेको छ । फोटो प्रदर्शनीमा भाग लिनका लागि नेपाल पर्यटन बोर्डका केही अधिकारीसहित नेपाली फोटोग्राफरहरू पनि छन्दु पुगेका छन् । फोटो प्रदर्शनीपछि नेपालसम्बन्धी फोटोको प्रतियोगिताको पनि आयोजना गरिने नेपाल पर्यटन बोर्डका शरद प्रधानले बताए ।

सो प्रदर्शनी नेपाल पर्यटन बोर्ड तथा बेइजिङस्थित नेपाली दूतावासको संयोजनमा सिछुवान प्रान्त र छन्तु नगरपालिकासँग मिलेर चिनियाँ फोटोग्राफी क्लब र साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो । 

प्रकाशित : पुस ५, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?