२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

फुरुरु हिउँ पर्‍यो तेह्रथुम लेकैमा

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको माथिल्लो क्षेत्रमा आज अपरान्हदेखि हिमपात सुरु भएको छ । वर्षासँगै हिमपात सुरु भएपछि माथिल्लो क्षेत्रको जनजीवन प्रभावित भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र चित्रे, नुनथला, पटेकडाँडा, तीनजुरे, मंगलबारे, गुफा, मिल्के लगायतका क्षेत्रमा अहिले हिउँ परीरहेको छ ।

फुरुरु हिउँ पर्‍यो तेह्रथुम लेकैमा

तेह्रथुमको माथिल्लो क्षेत्रमा आज अपरान्हदेखि हिमपात सुरु भएको छ । वर्षासँगै हिमपात सुरु भएपछि माथिल्लो क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको पर्यटकीय क्षेत्र चित्रे, नुनथला, पटेकडाँडा, तीनजुरे, मंगलबारे, गुफा, मिल्के लगायतका क्षेत्रमा अहिले हिउँ परीरहेको छ । संखुवासभाको चौकी बजारमा पनि बाक्लो हिउँ परीरहेको स्थानीय उदय कुमार तामाङले बताए ।

बजारसहित आसपासका लेकाली वस्तीमा पानी सँगै बाक्लो हिउँ परीरहेकाले स्थानीयहरु घर बाहिर निस्कन सकेका छैनन् । तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि बाक्लो हिउँ परीरहेको छ । एक्कासी हिउँ परेकाले लेकाली क्षेत्रका जंगलमा रहेका चौंरी तथा भेडी गोठहरु औल क्षेत्रमा झार्न नपाएको नुनढाकीका लाक्पा तामाङले बताए ।

कोशी राजमार्गको सिधुवादेखि चित्रेसम्मको सडकमा बाक्लो हिउँ जमेकाले सवारी आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रमुख भिम कटुवालले बताए । हिउँमा सवारी चिप्लीने भएकाले होसीयारी पूर्वक सवारी चलाउन चालकलाई ट्राफिक प्रहरीले सुझाव दिईरहेको छ । सडकमा हिउँ जमेपछि पूर्वी तराईदेखि आएका सवारी साधनबिच बाटैमा रोकीएका छन् ।

प्रकाशित : पुस १९, २०७३ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?