गोविन्द वियोगी पत्रकारिता पुरस्कार अर्याललाई

काठमाडौं — नेपाल साप्ताहिकका प्रधानसम्पादक प्रशान्त अर्याललाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कार अर्याललाई

सम्पादक समाज नेपालको शुक्रबारको बैठकले यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार कान्तिपुर मिडिया ग्रुप अन्तर्गत रहेको नेपाल नेपाल राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक अर्याललाई र गोविन्द्र वियोगी विशेष पत्रकारितिा पुरस्कार वीरगन्जका गोपाल गोतामे (मरणोपरान्त) लाई दिने निर्णय गरेको हो । अर्याललाई २५ हजार एक रूपैयाँ र गोतामेलाई १५ हजार एक रूपैयाँ प्रदान गरिनेछ ।

समाजले जारी गरेको विज्ञप्ती अनुसार यसै गरि सम्पादक समाज नेपालले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान भएका वरिष्ठ सञ्चारकर्मीहरू प्रकाशमान सिंह, कल्याणी रिमाल र आर के मानन्धर (इमेज ग्रुप अफ कम्पनिज) लाई सम्पान गर्ने निर्णय गरेको छ ।

सम्पादक समाजले मोहन गोपाल खेतान फाउन्डेसनद्वारा स्थापना भएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार र गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापना गरिएको गोविन्द्र विशेष पत्रकारिता पुरस्कार अग्रज पत्रकार गोविन्द वियोगीको स्मृति दिवसका अवसरमा माघ २ मा प्रदान गर्दैछ ।

प्रकाशित : पुस २२, २०७३ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?