कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डा. माकाजुलाई थाइल्यान्डमा मानार्थ विद्यावारिधि

काठमाडौं — थाइल्यान्डका राजा मह वजिरालङक्रोनले धुलिखेल अस्पतालका प्रमुख डा. रामकण्ठ माकाजुलाई शिक्षाको मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । थाइल्यान्डको चियाङ राय राजभाट युनिभर्सिटीको दीक्षन्त समारोहमा उनलाई नेपालको शैक्षिक क्षेत्रको उन्नतिमा विशेष योगदान पुर्‍याएवाप उक्त सम्मानित उपाधि दिइएको हो ।

काठमाडौं विश्वविद्यालयका पूर्व उपकूलपति डा. माकाजुले ‘गरिबका लागि गुणस्तरीय स्वास्थ्य सेवा’ र ‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’ मार्फत् नयाँ पुस्ताका नेतृत्वहरू विकास गरी देशका पिछडिएका वर्गलाई लाभ दिलाई विश्वकै अरू संस्थाभन्दा नमुना कार्य गरेको उक्त विश्वविद्यालयले उल्लेख गरेको छ ।

समारोहमा डा. माकाजुले शिक्षामा ‘विश्वव्यापी सोच्ने तर स्थानीय स्तरका लागि गर्ने’ शैक्षिक दर्शन जरुरी रहेको बताए । युरोपका अवसरहरू छाडेर फर्की उनले सुरु गरेको धुलिखेल अस्पताल नेपालमा सामुदायिक स्वास्थ्यको नमुना मानिन्छ ।

प्रकाशित : पुस २७, २०७३ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?