कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

शृंखलाबद्ध लुटेरा पक्राउ

काठमाडौं — बैंकबाट निकालेको ३ लाख ६० हजार रुपैयाँसहितको झोला काँधमा झुन्डयाएर मनी ट्रान्सफर सञ्चालिका गोंगबुकी यमकला भण्डारी फर्किंर्दै थिइन् ।

मोटरसाइकलमा आएका दुई युवाले उनको काँधबाट झोला यसरी थुते कि त्यसको फितै चुँडियो । यमकला हेरेको हेरयै भइन् । झोलासहित लुटेरा फरार भइसकेका थिए । 

१९ मंसिरमा गोगंबुमा भएजस्तै घटना ५ मंसिरमा भक्तपुरको कटुन्जेमा पनि भएको थियो । मनी ट्रान्सफरबाट ७३ हजार ६ सय ६९ रुपैयाँ निकालेर घर हिँडेकी सुस्मिता सुवेदीको हातैबाट मोटरसाइकलमा आएका लुटेराले रकम खोसेर फरार भए । महानगरीय प्रहरी अपराध महाशाखाले ठयाक्कै यस्तै शैलीमा लुटपाटको धन्दा चलाइरहेका रामेछाप दोरम्बाका सागर भन्ने टीका थापामगरलाई पक्राउ गरेको छ । पछिल्ला ३ वर्षमा उनले यस्तै प्रकृतिका १५ लुटपाट गरेको महाशाखाको रेकर्डमा देखिन्छ ।

एउटै प्रकृतिका लुटपाटका शृंखलाबद्ध घटनापछि महाशाखाले पाँच प्रहरीलाई लुटेराको पहिचान गर्न खटाएको थियो । ३ महिनाको अनुसन्धानपछि प्रहरीले पत्तो लगायो, फरकफरक स्थानमा भएका उस्तै प्रकृतिको लुटपाटका नाइके हुन्, टीका थापामगर । २६ मंसिरमा महाशाखाका प्रहरीले दक्षिण ढोकामा हिँडिरहेको अवस्थामा टीकालाई फेला पारे । तीनतिरबाट घेरेर समात्न खोज्दा टीकाले यति धेरै बल प्रयोग गरे कि, बीच सडकमै एकछिन गतिलै धक्कामुक्का चल्यो । प्रहरीले टीकाको कोठाबाट ३ लाख नगद र ४ थान मोबाइललगायत सामग्री पनि बरामद गरेको छ । पुस २२ मा यिनै टीकाले कौशलटारमा बैंकबाट ६ लाख रुपैयाँ हालेको झोला बोकी गठ्ठाघर हिँडेकी मन्दिरा अधिकारीको लेडिज ब्याग पनि लुटेका थिए । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘उस्तै प्रकृतिको लुटपाटको घटनाले महाशाखालाई पनि गम्भीर बनाएको थियो ।’ २०७२ जेठ ३२ गते बौद्ध भाटभटेनी डिपार्टमेन्ट स्टोरको पार्किङ एरियामा रहेको बोलेरो गाडी चोरेको आरोपसमेत उनीमाथि छ । प्रहरीका अनुसार टीकाले चोरीको बोलेरो मकवानपुरको पदमपोखरीमा लुकाएका थिए ।  

सुन तस्करीका थप दुई पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको ३३ केजी सुन तस्करीको घटनामा थप दुईजनालाई पक्राउ गरेको छ । ब्युरोले बुधबार राति १ बजे काभ्रेको पनौतीबाट उनीहरूलाई पक्राउ गरेको हो । स्रोतका अनुसार पक्राउ पर्नेमा चलाल गणेशस्थानका रामहरि कार्कीसमेत छन् ।

दरबारमार्गमा रोधी क्लब सञ्चालन गर्ने कार्की यसअघि पनि सुन तस्करीकै अभियोगमा पक्राउ परेका थिए । स्रोतका अनुसार विदेशस्थित तस्करले कार्कीलाई नै फोनमार्फत सुन काठमाडौं पुगेको जानकारी दिन्थे र उनले सुन लिएर सम्बन्धित धनीकहाँ पुर्‍याउँथे । 

प्रकाशित : पुस २८, २०७३ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?