रामेछापमा मिनीट्रक दुर्घटना, दुईको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको पकरबास गाविसमा बुधबारराति बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । तामकोसीबाट बालुवा लिएर गाल्वातर्फ गइरहेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक पकरवासको ठाँटी नजिक दुर्घटनामा परेको थियो ।

रामेछापको पकरबास गाविसमा बुधबारराति बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् ।

तामकोसीबाट बालुवा लिएर गाल्वातर्फ गइरहेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक पकरवासको ठाँटी नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा रामेछाप भिरापानी-१ सित्खाका २० वर्षीय दिनेश माझी र १९ वर्षीय कुमार माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा परी घाईते सित्खाकै जुगल मगरको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित : पुस २८, २०७३ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?