वरिष्ठ पत्रकार उपाध्यायको अन्त्येष्टी

काठमाडौं — सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उनी चेतना र सूचनाका तपस्वी भएको बताएका छन् । पशुपति आर्यघाटमा बिहीबार बिहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उनी चेतना र सूचनाका तपस्वी भएको बताएका छन् ।

पशुपति आर्यघाटमा बिहीबार बिहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गरे । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष उपाध्यायको बुधबारराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे ।

महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए ।

महासङ्घका अध्यक्ष महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए । उपाध्यायको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । रासस

प्रकाशित : पुस २८, २०७३ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?