कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन तस्करीमा मिलेको आरोपमा विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

विमानस्थल भन्सारका दुई कर्मचारी निलम्बित
जनकराज सापकोटा

काठमाडौं — प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।

सुन तस्करीमा मिलेको आरोपमा विमानस्थल भन्सारका २ अधिकृत पक्राउ

प्रहरीले सुन तस्करीमा मिलेमतो र संलग्नताको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका २ अधिकृत पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फरक फरक स्थानबाट आरोपी अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो ।

सीआईबी स्रोतले भन्यो, ‘सुन तस्करीमा यादव र ढकालको मिलेमतो र संलग्नता आधारहरु देखिए । त्यही भएर काठमाडौंबाट आज (बिहीबार) पक्राउ गरेका हौं ।’

विमानस्थल भन्सारका महानिर्देशक शिशिर ढुंगानाले भने आफ्ना कर्मचारीलाई पक्राउ गरेकोबारे थाहा नभएको बताए । उनले भने, ‘उहाँहरुहरु पक्राउ परेको मलाई थाहा छैन, म उपत्यका बाहिर जाँदैछु ।’

त्यस्तै, विमानस्थलका भन्सार शाखाका उपसचिव नारायण सापकोटा पनि पक्राउको घटनाबारे जानकारी नै नभएको भन्दै पन्छिन खोजे । उनले भने, ‘म बैठकमा छु, पक्राउ परेको थाहा छैन ।’ गत बिहीबार विमानस्थलबाट ३३ किलो सुन बाहिरएपछि भन्सारका २९ जना कर्मचारीलाई जिम्मेवारीविहीन बनाइसकेको छ ।

दुई कर्मचारी निलम्बित
सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सारका दुई कर्मचारी भने निलम्बित भएका छन् । महानिर्देशक शिशिर ढुंगानाका अनुसार प्राविधिक कर्मचारी प्रद्युन्नहरि श्रेष्ठ र श्याम श्रेष्ठ निलम्बनमा परेका हुन् । उनीहरु लगेज एक्स-रे मेसिनमा काम गर्थे ।

प्रकाशित : पुस २८, २०७३ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?