संशोधन प्रस्ताव परिमार्जन गर्न महासंघले सरकारको ध्यानाकर्षण गर्दै

काठमाडौं — नेपाल आदिवासी जनजाति महासंघले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न बिहीबार सरकारको ध्यानाकर्षण गर्दैछ । सरकारले ल्याएको दोस्रो संविधान संशोधन प्रस्तावमा आदिवासी जनजातिहरुको हक, अधिकार, माग सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबार ध्यानाकर्षण गराउन लागेको महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए ।

संशोधन प्रस्ताव परिमार्जन गर्न महासंघले सरकारको ध्यानाकर्षण गर्दै

नेपाल आदिवासी जनजाति महासंघले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न बिहीबार सरकारको ध्यानाकर्षण गर्दैछ ।

सरकारले ल्याएको दोस्रो संविधान संशोधन प्रस्तावमा आदिवासी जनजातिहरुको हक, अधिकार, माग सम्बोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबार ध्यानाकर्षण गराउन लागेको महासंघका अध्यक्ष जगत बरामले जानकारी दिए । उनका अनुसार स्थानीय तह पुनर्संरचना आयोगले भर्खरै सरकारलाई बुझाएको प्रतिवेदन जनजातिहरुलाई मान्य नहुनेबारे पनि प्रधानमन्त्रीलाई अवगत गराइने छ । प्रधानमन्त्री दाहालसँग दिउँसो ३ बजे महासंघका महासचिव नित्यानन्द ताजपुरिया नेतृत्वको टोलीले सिंहदरबारमा भेट्नेछ ।

प्रदेश, स्थानीय तह, विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमांकन गर्दा आदिवासी जनजातिहरुको ऐतिहासिक थातथलो, भाषिक, सांस्कृतिक र पहिचानलाई आधार बनाउनुपर्ने माग महासंघको छ ।

प्रमुख विपक्षी एमालेसहितका दलहरुको विरोधका बाजबुद आइतबार स‌ंशोधन विधेयक संसदमा टेबुल गरिएको थियो । त्यस विधेयकलाई सत्तारुढले प्रक्रियामा लैजाने तयारी गरेका छन् भने विपक्षी दलहरु पारित हुन नदिने रणनीतिमा छन् ।

यसअघि आइतबार जनजाति महासंघको टोलीले संशोधन विधयेक परिमार्जनसहित पारित गर्न माग गर्दै सभामुख ओनसरी घर्तीमगरको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित : पुस २८, २०७३ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?