१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रेसबिना शान्ति र संविधान टुंग्याउन गाह्रो पर्थ्यो : प्रधानमन्त्री

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् ।
बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रेसबिना शान्ति र संविधान टुंग्याउन गाह्रो पर्थ्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् ।

बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका रहेको उनले बताए ।

'प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव पनि थिएन ।' प्रधानमन्त्री दाहालले भने, 'हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’

२१ औं शताब्दी सूचना र प्रविधिको युग भएको प्रधानमन्त्रीले बताए । उनले भने, ‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजि जागरण ल्याएको छ । यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईहरुको प्रयास प्रशंसनीय छ । नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ ।’

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरेको थिए ।

प्रकाशित : पुस २८, २०७३ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?