दुई मन्त्रीले लिए सपथ

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

दुई मन्त्रीले लिए सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।

नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुन् । सिंह यसअघि पनि मन्त्री भइसकेका थिए भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुन् । रासस

प्रकाशित : माघ ६, २०७३ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?