गणतन्त्र संस्थागत गर्न निर्वाचन जरुरी : देउवा

'पुनर्संरचना आयोगको प्रतिवेदन पनरावलोकन हुनु जरुरी छ'

भरतपुर — नेपालीका कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, गणतन्त्र जोगाउन तीन तहको निर्वाचन आवश्यक रहेको बताएका छन् । ‘स्थानिय, प्रान्तिय र केन्द्रिय निर्वाचन हुन सके मात्र संविधान कार्यान्वयन तथा लोकतन्त्र, गणतन्त्र संस्थागत हुन्छ,’ देउवाले भने, ‘यसका लागि सबै एकजुट हुनुपर्छ ।’

गणतन्त्र संस्थागत गर्न निर्वाचन जरुरी : देउवा

नेपाली कांग्रेस क्षेत्रनम्बर ५ ले जगतपुरमा बिहीबार आयोजना गरेको आमसभामा बोल्दै सभापति देउवाले कुनै पनि हालतमा तीन तहको निर्वाचन गर्नुपर्ने जिकिर गरेका हुन् । उनले यी सबै निर्वाचन हुन सके संविधान पूर्ण कायान्वयन भई नेपालमा लोकतन्त्र गणतन्त्रले पूर्णता पाउने दाबि गरे । देउवाले संविधान संशोधन प्रस्ताव गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए । प्रस्तावका बारेमा एमाले अध्यक्ष केपी ओलीले विभिन्न बखेडा निकालेको उनले आरोप लगाए ।

‘ओलीले सिमांकनका बारेमा पहिले नै हस्ताक्षर गरेका छन्,’ उनले भने, ‘आफैले हस्ताक्षर गरेको सीमांकनको विरोध गर्ने काम भयो ।’

स्थानीय पुनर्संरचनाका बारेमा देशभरीबाट विरोध आएकाले त्यसको पुनरावलेकन हुनुपर्ने उनको भनाई छ । ‘जनतालाई सुविधा भएन भने पुनर्संरचनाको कुनै अर्थ रहँदैन,’ उनले भने, ‘त्यसका लागि विवाद भएको जिल्लाको पुनर्संरचाको पुनरवालोकन हुनु जरुरी छ ।’

शान्तिपूर्ण स्थानिय निकायको निर्वाचनको लागि पनि पुनर्संरचना सच्याउनुपर्ने उनको माग छ । ‘यस बारेमा म पहल गर्छु,’ देउवाले भने, ‘कुनकुन जिल्लामा विवाद छ, पुनर्संरचना आयोगको प्रतिवेदन पनरावलोकन हुनु जरुरी छ ।’ हिमाल, तराई, पहाडका जनताबीच झगडा हुने काम भएको भन्दै उनले त्यसबाट सजग रहन कार्यकर्तालाई अनुरोध गरेका छन् ।

प्रकाशित : माघ ६, २०७३ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?