अन्तरजातीय विहेले मान्यता नपाउने भएपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या

सुरेन्द्र भण्डारी/रासस

सुरुङ्गा (झापा) — समाजले अन्तरजातीय विवाहको मान्यता नदिएने भएपछि यहाँका एक जोडीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेमा झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराई रहेका छन् ।

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

Yamaha

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले भने ।

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ ।

भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् ।

Esewa Pasal

प्रकाशित : माघ ७, २०७३ १३:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपाका वडा, गाउँ, नगर अधिवेशन सुरु

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । देशभर सुरु भएको महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि वडा, गाउँ, नगरको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ ।

देशभर सुरु भएको महाधिवेशन यही माघ १५ गतेसम्म जारी रहनेछ । वडा, गाउँ, नगरको अधिवेशन सम्पन्न भएपछि माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै दिनमा क्षेत्रीय अधिवेशन तथा माघ २५ गते जिल्ला अधिवेशन सम्पन्न गरिने कार्यक्रम तय भएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला अधिवेशनबाट प्रतिनिधि छनोट गरिनेछ ।

पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधरण सदस्यता वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटका लागि प्रक्रिया सुरु भइसकेको छ । फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ ।

राप्रपा तथा राप्रपा नेपालबीच एकीकरण भएपछि पहिलो पटक हुन लागेको महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ ।

सो समितिलाई सहयोग गर्नका लागि विभिन्न १२ उपसमिति गठन भई तयारीका लागि विभिन्न चरणका कार्य सुरु भइसकेको छ । रासस

प्रकाशित : माघ ७, २०७३ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT